अब सांग्रिला बैंकका ग्राहकले क्युआर कोड स्क्यान गरी नगद झिक्न सक्ने

-



     सफल आवाज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित



सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले क्युआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने योजना ल्याएको छ । यो योजना अन्र्तगत ग्राहकले आफुले चाहेको रकम आफनो आवश्यकता अनुुुसार क्युआर कोड स्क्यान गरि भुक्तानी लिन सक्नेछन । यो सुबिधा अतरगत अधिकतम रु.१,००,००० (अक्षेरुपी रु.एक लाख ) सम्म निकाल्न सकिनेछ ।

हाल सांग्रिला डेभलपमेन्ट बैंकको बालुवाटार शाखा कार्यालयबाट सेवा लिन सकिनेछ । चेक र एटिएमको विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने बैकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए । बैंकले मुलुकभरका ९१ शाखा कार्यालयहरु र ३० एटिएमबाट बितिय सेवा दिइरहेको छ ।