भारतमा ११ महिनामा १ लाख किया सेल्टोस गाडीकाे बिक्री

-



     सफल आवाज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित


काठमाडाै, कियाले भारतमा ११ महिनामा १ लाखभन्दा बढी एसयूभी बिक्री गरेको छ । कियाले सन् २०१९ को अगस्टमा आफ्नो पहिलो मोडल रुपमा सेल्टोस भारतीय बजारमा सार्वजनिक गरेको थियो । त्यस यताको अवधिमा किया सबैभन्दा तीव्र गतिमा १ लाख थान एसयुभी बिक्री गर्ने अटोमेकर बन्न सफल भएको हाे ।

कोरियाली अटो निर्माता कियाले आफ्ना जम्मा दुईवटा मोडल कार्निभल प्रिमियम एमपीभि र सेल्टोस एसयूभीबाट यो उपलब्धि हासिल गरेको बताएकाे छ । मोडलगत प्रगति हेर्दा यसै वर्षको सुरुतिरको अटो सो मा भारत प्रवेश गरेको कानिर्भल ३ हजार ६ सय १४ युनिट बिक्री भएको छ । सेल्टोस ९७ हजार ७ सय ४५ थान बिक्री भएर छोटो अवधिमै भारतमा सबैभन्दा बढी बिक्री हुने युटिलिटि भेहिकल बन्न सफल भएको छ । सेल्टोस बजारमा आएदेखि नै लोकप्रिय रहेको र त्यसयता पनि लोकप्रियता कायम गर्न सक्दा यसले लोकप्रिय एयसूभीको उपाधि हात पारेको हो।

कियाले भारतीय बजारमा आफ्नो तेस्रो मोडेल अल न्यु सोनेट कम्प्याक्ट एययुभी सार्वजनिक गर्ने तयारी गरेको छ । अगस्ट ७ मा ग्लोबल लन्चको तयारी रहेको कियाको नयाँ मोडल सोनेट भारतीय बजारमा आगामी सेप्टेम्बरमा आउने अपेक्षा गरिएकाे छ ।