
काठमाडौं, साउन २३, एनसेल आजियाटाले वाइफाइ टक टाइम र डाटा बन्डल सहितको वायर फ्री प्लस सेवा सुरु गरेको छ ।
नेपालका उपभोक्ताले अब आकर्षक बन्डल सेवा सहित बिना झन्झट गुणस्तरीय वायर फ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिन सक्ने बताइएको छ । एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा सुरु गरेको हो ।
कम्पनीले आफ्नो अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत यो सेवा सुरु गरेको हो । वायरफ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो । यो प्रविधि अन्तर्गत उपभोत्ताले बिना तारको प्रयोग डेटा सेवा लिन सक्ने एनसेल स्रातले बतायो ।
प्लान अनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबी देखि १० जीबी डेटा र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विशेषता रहेको कंपनीको दावी छ । गत महिना देखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि–बुकिङ् लिन सुरु गरी सकेको थियो ।
एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवका अनुसार “वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिने यो एक नयाँ सुरुवात हो । यसमा ग्राहकले बन्डल सेवा सहित नयाँ अनुभव लिन सक्छन् । प्रि–बुकिङ्गमा ग्राहकहरुबाट प्राप्त अर्डरले उत्साहीत बनाएको र यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्र्शाएको उनले बताए । यो सेवाले उपभोत्तालाई इन्टरनेटमा पहुच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान पुग्ने चीफ कर्मसियल अफिसर श्रीवास्तवले सफल आवाजलाई बताए ।
वार्षिक प्लानमा मासिक रु ६९० को शुल्क रहेको यो सेवा अन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समुहमा कुनै पनि समुह अन्तर्गतको प्लान लिन सक्छन् । गोल्ड समुह अन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक मात्र रु ६९० (कर बाहेक) शुल्कमा ६० जीबी वायरफ्री प्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक ५ जीबी डेटा प्राप्त गर्न सक्नेछन ।
प्लाटिनम समुह अन्तर्गत ग्राहकले मासिक मात्र रु ८६० (कर बाहेक) शुल्कमा ८५ जीबी वायरफ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन् । डायमण्ड समुह अन्तर्गत ग्राहकले मासिक मात्र रु ९५० (कर बाहेक) शुल्कमा १०० जीबी वायरफ्री प्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्ने योजनामा समेटिएको छ ।
वायरफ्री प्लस सेवा सुचारु गरी यस सेवा लिन ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गर्न सक्नेछन । ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्छन् । प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क रु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्ने कंपनीले जनाएको छ ।
४२० दिनको समय रहेको प्याकेजको हकमा ग्राहकलाइ यो शुल्क छुट गरिएको छ । ग्राहकले लिने प्याकेज अनुसार यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् ।
पहिलाे चरणमा सुदूरपश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरादेखि पुर्वको मोरङ, सुनसरी र धनकुटा सम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध भएको बताएको छ । कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न सुरु गरी सकेको बताइएको छ ।
आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब प्लस’ अफर, एण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य कंपनीले लिएको छ ।
एनसेल आजीयाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी यो सेवा बारे जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्ने एनसेल आजीयाटाले जनाएको छ ।