
सेञ्चुरी कमर्सियल बैँकले थ्रि डि सेक्युर सेवा सुरु गरेको छ । यस अन्तरगत सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई यि कार्डहरुबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलैे र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ ।
थ्रि डि सेक्युर सेवामा ग्राहकले कार्ड प्रयोग गर्दा आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा पासर्वड प्राप्त गर्नेछन् । यो सेवामा कार्ड र पासर्वड दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुने बैकले जनाएको छ ।