एनआईसी एशिया बैंकको कर्जाबाट टाटा कार खरिदमा ६ महिनासम्मको किस्ता तिर्नु नपर्ने

-



     सफल आवाज    
     श्रावण २३ गते २०७७ मा प्रकाशित



बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ बैंकिङ्ग सेवा दिदै आएको एन आई सी एशिया बैंक र टाटा ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. बीच समझदारी भएको छ । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट उपाध्यक्ष सौरभ राज थपलियाले हस्ताक्षर गरेका हुन ।

टाटा ब्राण्डका कार बिक्री गर्दा सिप्रदी ट्रेडिङ प्रा. लि. ले यस बैंकलाई फाइनान्स पार्टनर बनाउने र बैंकले सिप्रदी ट्रेडिङ प्रा.लिका उपभोक्तालाई सवारी कर्जामा थप सहजता बनाउने समझदारीपत्रमा उल्लेख छ । बैंकको सुपर चमत्कारिक कर्जा योजना अन्तर्गतको सुपर चमत्कारिक सवारी कर्जा मार्फत सिप्रदी ट्रेडिङ प्रा. लि. द्वारा बिक्री गरिने टाटा ब्राण्डका कार खरिद गर्दा ग्राहक महानुभावहरूले ४ देखि ६ महिनाको किस्ता भुक्तानी गर्न नपर्ने सुविधा रहेको छ ।

यस बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत टाटा ब्राण्डका कारहरू ग्राहक महानुभावहरूले खरिद गर्न सक्नेछन । यो सुविधा रातो प्लेटका निजी, व्यवसायिक प्रयोजनको लागि सवारी खरिद गर्न चाहने ग्राहकले लिन सक्ने बताइएको छ ।

यस बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टा भित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ । यस सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम रू. २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ ।

बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी यस बैंक र सिप्रदी ट्रेडिङ प्रा. लि. बीच भएको बैकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले सफल आवाजलाई बताए ।