सूर्य नेपालको त्रिसारा अगरबत्ती बजारमा

-



     सफल आवाज    
     श्रावण २३ गते २०७७ मा प्रकाशित



नेपालको औद्योगिक क्षेत्रकाे अग्रणी सूर्य नेपाल प्रा. लि. ले “मंगलदीप त्रिसारा”नामको नयाँ अगरबत्ती नेपाली बजारमा ल्याएको छ । मंगलदीप अगरबत्ती बजारमा ल्याइएको छोटो समयमा उपभोक्तामाझ लोकप्रिय अगरबत्ती बन्न सफल भएको छ । मंगलदीप अगरबत्तीको बजार लोकप्रियता, विस्तृत बजार अनुसन्धानपछि कम्पनीले “मंगलदीप त्रिसारा”नामको नयाँ अगरबत्ती नेपाली बजारमा ल्याएको हाे । त्रिसारा अगरबत्तीको हरेक काँटीमा ग्राहक महानुभावहरुले मनमोहक सुगन्धको अनुभव गर्न पाउने छन् ।

त्रिसाराको प्रति प्याक मूल्य रु. १०० कायम गरिएको छ । यस अन्तर्गत १८० काँटी जिपलक प्याकमा उपलब्ध हुनेछन् । जिपलक ले गर्दा काँटीको गुणस्तरियता, सुगन्ध लामो समय सम्म टिक्ने कम्पनीले बताएको छ । त्रिसरालाई सुपर सेभर प्याकको रुपमा प्रवद्र्धन गर्ने निर्णय कम्पनीले गरेको बताइएको छ ।

सूर्य नेपालले विभिन्न स्वदेशी अगरबत्ती उद्योगहरुलाई आफ्नो संस्थागत सामाजिक दायित्व अन्तर्गत मंगलदीप अगरबत्ती बनाउन दिई सोको बजार प्रवर्धन तथा विक्रि गरि ती उद्योगहरुलाई दिगो एवं सक्षम बन्न मद्दत गरिरहेको छ । सूर्य नेपाल प्रा. लि. तीर सलाई तथा टफिचु कन्फेक्सनरी जस्ता उच्च गुणस्तरका उत्पादनहरु मार्फत युवा रोजगार तथा महिला सशक्तिकरणमा अग्रणी भूमिका निभाइरहेका कंपनीको दावी छ ।