
काठमाडाै , नेपालको विश्वासिलो ब्राण्ड सामसङले ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा स्मार्ट फोनको प्रि–बुकिङ्ग खुल्ला गरेको छ । काम गर्न र गेम खेल्नको लागि थप सहजता प्रदान गर्ने यो स्मार्टफोनको बुकिङ्गसँगै आकर्षक अफरहरु पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी नोट २० सिरिजका मोबाइलहरुले कम्प्युटरको जस्तै काम गर्न सक्छन । यसमा प्रो–गेमहरु सहजै खेल्न सकिन्छ । यो फोन नोट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको हो । यसलाई पारखीहरुको पावर र प्रोडक्टीभिटिको आवश्यकतालाई मध्यनजर गरी प्रस्तुत गरिएको हो । यसमा अझै बढी गेम खेल्न एवं कार्यहरुको सम्पादन गर्न सकिने स्वतन्त्रता प्राप्त हुन्छ ।
सामसङ नोटका एपहरुले फोटो खिच्न, एडिट गर्न र आफ्ना आइडीयाहरुलाई शेयर गर्न सहयोग गर्दछ । सामसङ नोट एपहरुमा अटो सेभ तथा सिंकिङ्ग क्षमताहरु पनि रहेका छन् । यसमा हातले लेखेको लेखाइलाई आकर्षक अक्षरहरुमा बदल्छ । सामसङ नोट एपमा भएका टेक्स्टहरुलाई पिपिटिएसमा सहजै रुपान्तरण गर्न सकिन्छ । नोटको रुपमा अडियोलाई राख्न पनि सकिन्छ ।
सहज रुपमा विन्डोज १० युक्त कम्प्युटरबाटै म्यासेज पठाउन, नोटिफिकेशनहरुको म्यानेज गर्न फोटोहरु सिङ्क गर्न र फोन गर्न र आगमन फोनलाई उठाउन सकिन्छ । आफूलाई मन परेको एपलाई कम्प्युटरको टास्कबार वा स्टार्ट मेन्युमा राख्न सकिन्छ, यसले गर्दा तपाइँले आफ्नो फोनमा आफूलाई मन पर्ने सोसियल नेटवर्किङ्ग एप वा ग्यालेरी खोजि राख्नु पर्दैन ।
अग्रिम अर्डर गरेका ग्राहकहरुलाई एकपटकको टुटफुटमा एन एल जि इस्युरेन्सबाट १ वर्षको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) खरिद गर्न सकिने सुविधा पनि उपलब्ध हुने बताइएको छ ।