युनियन लाइफकाे बीमा शुल्क ४ अर्ब ५० करोड

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित



काठमाडौं । युनियन लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षसम्म ४ अर्ब माथि कुल बीमा शुल्क आर्जन गरेको छ । आर्थिक वर्ष ७५र७६ मा कम्पनीले ३ अर्ब ६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार खुद बीमा शुल्क आर्जन रकम २ अर्ब ९४ करोड बाट वृद्धि भएर आर्थिक वर्ष ७६र७७ मा ४ अर्ब ५० करोड पुगेको छ ।

१ अर्ब ५० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४४ करोड ८५ लाख पुगेको छ । त्यस्तै जीवन बीमा कोष २ अर्ब १४ करोड बाट वृद्धि भएर ४ अर्ब २८ करोड पुगेको छ। खुद मुनाफा ६ करोड ८९ लाख बाट वृद्धि भएर ९ करोड ७० लाख पुगेको छ।