स्वावलम्बन लघुवित्तद्वारा काेराेना काेषमा थप १ करोड ३२ लाख सहयोग

-



     सफल आवाज    
     भाद्र १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ भदौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा थप एक करोड ३२ लाख २८ हजार १ सय २१ सहयोग उपलब्ध गराएको छ । संस्थाले कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा उक्त रकम जम्मा गरेको हो । संस्थाले यस अघि २५ लाख रुपैयाँ सहयोग प्रदान गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तसम्म बाँकी रहेको रकम थप सहयोग स्वरुप कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार कोषमा जम्मा गरेको र उक्त सहयोगले न्यून आय भएको साथै अप्ठ्यारोमा परेको वर्ग, समुदायलाई दैनिक उपभोग्य सामग्री वितरणमा सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि।ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ५० हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।