
हरितालिका तिज चेलीहरुको रमाइलो चाड हो । पहिला र अहिलेको तिजमा धेरै फरक देखिन थालेको छ । पहिलाको दर खाने चलन र अहिलेको चलनमा फरक हुँदै गएको छ । हामी तडकभडकमा प्रेरित हुँदै गयौ । परम्परा बिर्सेंर तिज मनाउने फरक संस्कार अङगाल्न थाल्यौ । घर वा माइतीमा खाने दरबाट हामी पार्टी प्यालेस र होटल रेस्टुरेन्टमा दर खाने आदतमा सर्यौ । आफ्नो क्षमता भन्दा माथि उठेर दरका आधुनिक परिकार खोज्दै हिड्न थाल्यौं । यसर्थ तिजको दरमा बिस्तारै बिकृती थपिन थाल्यो ।
महिलाहरुको दरमा र नाचगानको बिच बिचमा पुरुष छिर्न थालेपछी यसको महत्व र महिला मात्रको चाड भनेर चिनिएको तिजको रौनकमा प्रश्न उठ्न थालेको छ । परम्परागत तिज बिर्सेंर आधुनिक तिजमा प्रबेश गरेकोमा कत्तिको बिमती छ भने कत्तीले सहमती पनि जनाएका छन । चेलीहरुले खाने दरमा आएको बिबिधतामा पनि धेरैलाई अनौठो लाग्न थालेको छ ।
तीज हिन्दू नारीहरूको महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन । यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ ।
भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकी थिइन् । त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन्। तीजमा पानी पनि नखाई व्रत वस्ने पुरानो परम्पराका कारण धेरै महिला ‘डिहाइड्रेसन’ को शिकार बन्ने गरेका छन् ।
दर खाने भन्ने बित्तिकै सबिक भन्दा ज्यादा खान खोजिन्छ, यो गलत हो सामुहिक रुपमा घर बाहिर दर खादा होस पुर्याएर सेलेक्टेड खाना मात्र खानु राम्रो हुन्छ । अल्कोहल नलिनुस जसले तपाईंलाई फाईदा गर्दैन।पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् तर यो पनि आफ्नो शरीरले मागे सम्म मात्र खानु राम्रो ।.सकेसम्म भारी खालका खानेकुरा नखाने र दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ ।
यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्य समस्या निम्त्याउनु हो । माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको सकेसम्म नखानु राम्रो हुन्छ । दर खादा चिल्लो पदार्थ पनि कम गर्नुपर्छ । सकेसम्म आफुले तयार गरेको ताजा र स्वच्छ खाना मात्र सेबन गर्नुपर्छ । यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छन ।सकेसम्म बजारका मिठाईहरु नखादा राम्रो हुन्छ । बजारका मिठाइहरु चिल्लो हुने र बासी पनि हुने हुँदा ब्रत बस्नेहरुका लागि यो स्वास्थ्यकर मानिदैन ।
यो चाडमा माइतीले बाबु आमा,दाजुभाईले छोरी चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठा मीठा परिकार खुवाउने तथा मनका भावना साटासाट गरी एउटै ठाउँमा बसेर दर खाने गरिन्छ । यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँअनुसार विभिन्न मिठा मिठा परिकार साथै खीर, ढकने, सेलरोटी,लगायतका खाना, फलफूल खाने गरिन्छ ।आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो।
नियमित औषधी प्रयोग गर्नेले दर खादा र ब्रत बस्दा बिशेष ध्यान पुर्याउनु जरुरी हुन्छ ।दर खादा अन्य खानाको तुलनामा सलाद र हरियो परियो बढी सेबन गर्दा लाभ हुन्छ । तीजमा साथीभाईले के खान्छन के गर्छन् त्यसलाई महत्व नदिई आफ्नो इच्छा अनुसार सामान्य रुपमा दर तयार गर्नुपर्छ । दरका अधिकांश खानेकुरा चिल्ला हुँदाहुँदै पनि घिउ विशेष महत्वका साथ खाइन्छ । यसलाई सकेसम्म कम गर्दा नै उत्तम हुन्छ ।अहिलेको परीपेक्षमा शहरीया दर भन्दा पनि ग्रामीण र परम्परागत दर खाने तरिका नै उत्तम मनिएको हुँदा त्यसैलाई अङिकार गर्नु राम्रो देखिन्छ । दर खाने भनेर पार्टी नै आयोजना गरी मनाउनु राम्रो मानिन्न जसले आगामी पुस्तामा गलत सुचना जान्छ र मौलिकता पनि हराउदै जान्छ ।
तिज मनाउने आधुनिक सस्कार सँगै तडकभडक पनि दिनानुदिन बढ्दो क्रममा छ । देखासिकिका कारण अहिले तिजको दर माइतीमा नभै होटल,रेटुरेन्ट, पार्टी प्यालेसहरुमा खान थालिएको छ । खानाका भेराइटी सगं मादक र पेय पदार्थ अनिवार्यजस्तै भइसकेको छ । आफ्नो मैलिक परम्परागत दर खाने प्रचलन अब आधुनिकतातिर मोडिएको छ । तीज आउँदा दर त खानै पर्यो तर स्वास्थ्यमा ध्यान नदिने हो भने विरार्मी अप्रिय दुर्घटनामा पर्न सकिन्छ । सामान्यतया चाडपर्वको बेलामा खाँदा ध्यान नदिने हो भने विभिन्न समस्या आइपर्न सक्छन ।त्यसमा पनि दर खाने र व्रत वस्ने भएपछि यसमा विशेष ध्यान पुग्नु आवश्यक छ । तिजको दरको नाममा एक महिना अगाडि देखिनै महिलाहरु ब्यस्त हुनु र पुरुषहरुमा पनि तिजको रौनक चड्नु आजको प्रमुख बिक्रिती हो । तिजको गीतमा आएका बिबिधतासङगै परम्परागत तिज लोप हुँदै गएको भान हुन थालेको छ ।
(लेखक सोल्टी क्राउन प्लाजाका सु.सेफ हुन्)