
पोखरा, भदौ १२ । विगत डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा गितकार, गायक तथा मोडलिङबाट सक्रिय सुरेन्द्र लामिछानेले नयाँ शैलीको गित “पानी छल्काले” मार्फत चिया मीठो छ भन्दै आएका छन् ।
अहिले चर्चाको शिखरमा रहेकी गायिका समिक्षा अधिकारी र गायक प्रसाद लामिछानेको स्वरमा सजिएको गीत सुरेन्द्र आँफैले लेखेका हुन ।
नायिका नम्रता सापकोटा, सुरेन्द्र लामिछाने, प्रल्हाद सुवेदीको अभिनय रहेको उक्त गितमा प्रसाद लामिछानेको संगीत, अजय रेग्मीको छायांकन, प्रविण भट्टको सम्पादन र कुमार केसीको निर्देशन रहेको छ ।
आफुले निर्देशन गरेका धेरै म्युजिक भिडियो भन्दा यो म्युजिक भिडियो अलि पृथक रहेको बताउँछन्, निर्देशक केसी ।
कोभिड १९ ले विश्वनै आक्रान्त भईरहेको बेला स्रोता, दर्शकहरुमा केही खुशी मिलोस् भनेर गीत तयार गरिएको र विशेषगरि गीतमा कोभिडका कारण आफ्नो मान्छेबाट टाढा रहेकाहरुले मन भुलाउन सकुन भन्ने आशय रहेको सुरेन्द्र लामिछाने बताउँछन् ।