आइसरकाे दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्डबाट बतासअन्तर्गतको इष्टर्न एजेन्सी सम्मानित

-



     सफल आवाज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ भदौ । प्रतिष्ठित व्यावसायिक घराना बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सी प्रालिले भारतको भोल्भो आइसर कमर्सियल भेइकलबाट दक्षिण एसियामै उत्कृष्ट डिलरको अवार्ड प्राप्त गरेकाे छ ।

दक्षिण एसियाका डिलरहरुमध्ये इष्टर्न एजेन्सी प्रालिले उत्कृष्ट डिलरको अवार्ड प्राप्त गर्ने अर्गनाइजेसनको रुपमा दर्ज भएको छ। बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सी प्रालि आइसरको अधिकृत बिक्रेता रहेको छ ।

हेभी ड्युटी ट्रक सेग्मेन्टमा सबैभन्दा बढी परिमाणमा बिक्री गर्न सफल भएकोले याे अवार्ड प्राप्त गरेको बतास अर्गनाइजेसनका कार्यकारी निर्देशक प्रमेश पराजुलीले सफल आवाजलाई बताए ।

अर्गनाइजेसनले दक्षिण एसियाको उत्कृष्ट डिलरसँगै हेभी ड्युटी ट्रक सेल्स इन ओभरसिज शीर्षकमा अवार्ड पाएको हो । हालै आयोजना गरिएको एक भर्चुअल कार्यक्रममा यो अवार्ड घोषणा गरिएको थियो ।

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले इस्टर्न मोटर्समार्फत आइसरलाई नेपाली बजारमा स्थापना गर्न सहयोग गर्ने कर्मचारी, शुभेच्छुक र सहयात्रीलाई उनले हार्दिक आभार व्यक्त गरेका छन् । उनले भने :“यो उत्कृष्ट प्रतिष्ठित अवार्ड पाएको खुसी आइसर र इष्टर्न परिवार सबैकोे खुसी हो ।” सहकर्मीहरुको निरन्तर गरेको प्रयास र असल कर्मबीना यो उत्कृष्ट अवार्ड असंभव थियो, उनले भनेका छन ।