
काठमाडौं, १६ भदौ । नेपाली गीत संगीतमा यतिबेला चर्चामा रहेको नाम गायक रामजी बुढाथोकी हो । चर्चित लोक गीतहरु गाएर नेपालभर चिनिएका छन् । उनले छोटो समयमा धेरै र कर्णप्रिय गीतहरु गाएर सबैको मन जित्न सफल भएका छन् ।
“हे मेरी कान्छु र सिरु फुल्यो सेतै” गीतबाट उकालो लागेका गायक बुढाथोकी पछिल्लो समय तीज गीत “तीजको ब्रत” बाट पनि निकै चर्चामा रहेका छन् । जसमा चर्चित गायिका सिता घिमिरेले उनलाई साथ दिएकी छन् । गीतमा सुन्दरी मोडल भनेर चिनिएकी अन्जली अधिकारीले अभिनय गरेकी छन् ।
चर्चित गायक रामजी बुढाथोकी जन्म २०४५ साल चैत्र १२ गते बुवा पदम बहादुर बुढाथोकी र आमा हिम कुमारी बुढाथोकीको कोखबाट रामेछाप जिल्लाको खाडदेबी गाउँपालिका वडा नं ६ टाहार टोलमा भएको थियो । प्रारम्भिक शिक्षा र माध्यामिक शिक्षा आफ्नै गाउँमा पुरा गरेर उच्च शिक्षाको लागि राजधानी हानिएका थिए ।
उनको त्यसताका गायक बन्छु भन्ने कुनै योजना थिएन । मध्यम बर्गिय पारीवारमा जन्मिएका बुढाथोकी विविध संघर्षकाबीच हार्डवेयर पेशामा स्थापित भएपछि गायन पेशालाई अंगाल्न पुगे र छोटो समयमा नै सफलताको शिखरमा पुगे । उनका गीतहरु छोटो वा लामो दूरीको यात्रा चल्ने बसहरुमा निकै गुञ्जिने गर्छन् ।
आफ्नो जिल्लालाई सबै सामु चिनाउनु पर्छ भन्ने हेतुले उनले सुरुमा रामेछाप जिल्ला र स्थानिय गाउँका नाम तथा मठ मन्दिरलाई गीतमा समाबेश गरेर गाएका छन् भने गाउँलेहरुको प्रशंका बटुलेका छन् । उनका गीतहरु खाडदेबीको दर्शन गरुँला, कालो कोठी, राम्रो रैछ, रामेछाप, तिम्रो झल्को मेटिन्न कुनैले, टिका र जमरा, माली गाई जस्ता उनका चर्चित गीतले उनलाई चिनाएका छन् ।