सीपीएलःसन्दीपले १ वीकेट लिएको सातौं खेलमा जमैका पराजित

-



     सफल आवाज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ भदौ । नेपाली क्रिकेटर सन्दीप लामिछानेले जारी सीपीएलको सातौँ खेलमा १ विकेट लिए । तर उनको टोली जमैका तलावाज ट्रिन्बागो नाइट राइडर्ससंग १९ रनले पराजित भएको छ ।

खेलमा लामिछानेले चार ओभरमा २० रन खर्चिएका थिए । सातौं खेलमा हात पारेको १ वीकेटसंगै जारी सीपीएलमा सन्दीपले १० विकेट लिन सफल भएका छन् ।

क्यारेबियन प्रिमियर लिग सीपीएलमा हालसम्म जित हाँसिल गर्दै आएको ट्रिन्बागो सिपिएल अंक तालिकामा अग्र भागमा रहेको छ । जमैका सात वटा खेलमा तीनमा जित र चारमा पराजित भएको छ । टोली अंक तालिकाको चौथो स्थानमा र अंक ६ रहेको छ ।

शुरुमा ब्याटिङ गरेको ट्रिन्बागोले चार विकेटको क्षतिमा १८४ रन बनाएको थियो । १८५ रनको विजयी लक्ष्य लिएको जमैका निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रनमा समेटिएको थियो ।
सीपीएलको आठौँ खेल बुधवार हुँदैछ ।