
काठमाडौं, २३ भदौ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले भदौ २५ देखि अटो व्यवसाय सुचारु गर्ने निर्णय गरेको छ । बिगत ६ महिनादेखि सरकारले लगाएको लकडाउन र निषेधाज्ञाले अटो व्यवसाय अत्यन्त मारमा परेकोले वाध्य भएर निषेधाज्ञा अवज्ञा गर्दै व्यवसाय सुचारु गर्नुको बिकल्प नभएको व्यवसायीहरुको भनाई छ । यदि सरकारले भदौ २५ गतेपछि पनि निषेधाज्ञालाई निरन्तरता दिएमा त्यसको अवज्ञा गर्दै व्यवसाय संचालन गर्ने नाडाले निर्णय गरेको हो ।
सरकारले लकडाउन र निषेधाज्ञा लागु गरेको झण्डै ६ महिना भईसकेको छ । हामी र हामीसंग आश्रित कर्मचारी, श्रमिकहरु कसरी बाँचिरहेका छन्, सरकारले सोचेकै छैन । यो अवधिमा सरकारको तलव खानेहरुलाई त केहि छैन । घरमै बसेर पनि तलब पाकिरहेको छ । तर उद्योग व्यवसाय सन्चालन गरेर लाखौं परिवारको जिविकोपार्जन गर्दै आएको अटो व्यवसाय चौपट भएपछि निषेधाज्ञालाई तोडेर भएपनि व्यवसाय संचालन गर्नुको विकल्प नभएको नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद दुलालले सफल आवाजलाई बताए ।
हामीले भदौ २५ गतेदेखि सबै अटाे व्यवसायीलाई आआफ्नो व्यवसाय सञ्चालन गर्न भनिसकेका छौं, दुलालले भने, के निषेधाज्ञाबाट परिवर्तन आयो त ? त्यो त हामीले देखिसक्यौ । कुनै उपलव्धि पनि भएन । निषेधाज्ञा, लकडाउनले कोरोना संक्रमणको दर घट्ने भन्दा वढेको मात्रै देखियो । अब अति भयो । यसरी हुँदैन, सरकारले विकल्प खोज्नुपर्छ,अध्यक्ष दुलालले भने ।
केहि दिनअघि प्रधाानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नाडा लगायत संस्थाका प्रतिनिधिसंगको छलफलमा हाम्रा समस्याहरु पनि सुन्नु भएको र उहाँ सकारात्मक भएको पाएका थियौं, तर कुनै स्पष्ट जवाफ आएको छैन । हामीले पर्खेर बस्ने अवस्था पनि भएन । लामो सयमसम्म थेग्न गाह्रो भईसक्यो । हामीले नाडाका पदाधिकारीको वैठकबाटै निषेधाज्ञालाई अवज्ञा गरेर व्यवसाय संचालन गर्ने निर्णय गरिसकेका छौं ।यसो भन्नुको अर्थ सरकारको लागि दवाव हो, दुलालकाे भनाइ छ ।
अब देशभर लामो र छोटो दूरीका सवारी साधन पनि चल्नुपर्छ । हवाईसेवा त सरकारले नै असोज १ बाट संंचालन गर्ने भनिसकेको छ । कोरोनाले अति प्रभावित भएका क्षेत्रहरु त्यो काठमाडौं वा देशका अन्य शहरहरुमा संक्रमित भएको निश्चित ठाउँमा सिल गरेर बाँकी स्थानमा व्यवसाय संचालन गर्न दिनुपर्छ । अर्थतन्त्र धरासायी भएको छ । बेरोजगारीको समस्या उत्पन्न भएको छ । सरकारले यी समस्यालाई सम्वोधन गरेको छैन, अध्यक्ष दुलालले स्पष्ट पारे ।
यता अटो व्यवसायीहरुले पनि जतिसक्दो छिटो ब्यवसाय सुरु गर्ने बाताबरण मिलाउन छाता संस्था नाडालाई गुहारिरहेका छन । हिमालय अर्गनाइजेशनका अध्यक्ष तथा नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका केन्द्रीय सदस्य ध्रुव थापा पनि अटो व्यवसायीको यो जटिल समस्यालाई नेपाल सरकारले गम्भिर रुपमा लिनुपर्ने बताउछन । नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेका सुरक्षाका मापदण्ड अपनाएर अटो व्यवसाय लगायत सम्पूर्ण व्यवसायलाई सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने थापाको भनाई छ ।
सफल आवाजसंगकाे कुराकानीमा नाडाकाे केन्द्रीय सदस्य समेत रहेका अटो ब्यवसायी ध्रुव थापा भन्छन- दक्षिणपूर्वि एशियामै कतिपय देशहरुले लकडाउन नै नगरी संक्रमण रोकथामका उपायहरु अवलम्बन गरिरहेका छन् । उच्च गतिमा संक्रमण बढिरहेको अमेरिकामा लकडाउन गरिएको छैन । उनले भने, “हाम्रो कुरा लकडाउन नै संक्रमण रोकथामको उपाय होईन भन्ने हाे । यसको आधार पनि देखिन्न ।” नेपाल सरकारले पनि निषेधाज्ञाका बारेमा पुर्नविचार गर्नुपर्छ । हाम्रो व्यवसाय चल्न पाउनुपर्छ, हामी यसैमा अडिग छौं । सरकारले समाधानका उपाए नदिने, निषेधाज्ञा थप्दै जाने हो भने हामीले त्यसको अवज्ञा गछौं र व्यवसाय संचालन गछौं । हामिलाइ उद्योग व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था सिर्जना भइसक्याे । यसबाट जोगिने भनेको व्यवसाय सञ्चालन गर्नै नै हो । अब अटाे बजार चलायमान गर्नुकाे बिकल्प छैन ।
हामी व्यवसायी संगसंगै जनताले भोगेका दुःख, पीडा र अभावको कारण सबै सडकमा आउनुपर्ने अवस्था भईसक्यो । अब जनता स्वयं बाध्य भएर सडकमा आउने संभावना वढेको छ । राजस्वबाट मुख्य योगदान पुर्याईरहेको अटो क्षेत्रलाई जोगाउन सरकारले निषेधाज्ञामा पुर्नविचार गर्नुपर्छ । अन्यथा हामीले निषेधाज्ञा तोडेर भएपनि व्यवसाय सुचारु गर्छौ, हिमालय अर्गनाईजेशनका अध्यक्ष, अटो ब्यवसायी थापाले भने ।
अप्रिय स्थिति आउन नदिन सरकारले जारी गर्ने निषेधाज्ञाको बारेमा पुर्नविचार गर्नका लागि सरकारसंग हार्दिक अपिल गर्दछौ । आशा छ व्यवसायीको मागलाई सरकारले मनन् गर्नेछ, थापाले स्पष्ट पारे ।
लामो समयको लकडाउन र निषेधाज्ञाको कारण अटो व्यवसायमा ठूलो आर्थिक क्षती पुगेको छ । सरकारलाई वढि राजश्व तिर्ने क्षेत्र मानिएको अटो व्यवसाय करिब ६ महिनादेखि पूर्णरुपमा बन्द छन् । बैंक तथा वित्तिय संस्थाको कर्जाको किस्ता नियमित गर्न नसक्दा धेरै व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् ।
अटो व्यवासायीका यि समस्यालाई मनन गर्दै सरकारले निषेधाज्ञाको विकल्प खोज्नुपर्ने देखिएको छ । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण परिपालन गर्न निर्देशन दिदैं व्यवसाय सुचारु गर्न प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




