असोज १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात र हवाई उडान सञ्चालन हुने

- होटल पनि असोज १ गते बाटै खुल्ने

-


     सफल आवाज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित


काठमाडौं, ३० भदौ । असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र हवाई उडान खुल्ने भएका छन् ।

सरकारले असोज ५ बाट खुलाउने सूचना जारी गरे लगत्तै आफ्नो निर्णयलाई परिवर्तन गरी असोज १ बाटै यातायात तथा अवाई सेवा सुचारु गर्ने निर्णय गरेको छ ।

बिगत केहि दिनदेखि यातायात व्यवसायीले सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर असोज १ बाट यातायातका साधन सञ्चालन गर्ने बताउँदै आएका थिए । लकडाउन र निषेधाज्ञाको कारण व्यवसाय चौपट भएको भन्दै व्यवसायीले सरकारले निषेधाज्ञा लागु गरेमा त्यसलाई अवज्ञा गरेर सेवा सुचारु गर्ने चेतावनी समेत दिएका थिए ।

चाडवाड नजिकिएको बेलामा सरकारलाई परेको व्यवसायीको दवावको कारण सरकारले सार्वजनिक यातायात, हवाई उडान तथा होटल खुल्ला गर्न वाध्य भएको हो । यातायात व्यवसायीले यात्रुबाट भाडा भने ५० प्रतिशत सम्म बढी लिन पाउने भएका छन् ।

आन्तरिक हवाई उडान र होटल पनि असोज १ गते देखि खुल्ने भएका छन् । सरकारले आन्तरिक उडान खुलाउने मिति निर्धारण गरेपछि वायुसेवा कम्पनीहरु टिकट बुकिङको तयारीमा लागेका छन् ।
नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार सरकारले उडान खुला हुने गन्तब्यहरुको सूची भने दिईसकेको छैन । श्रोतका अनुसार तत्काल सबै क्षेत्रमा उडान खुल्ने संभावना कम रहेको छ ।