
इस्तानवोल टर्कीमा रहेको एफआईपी काउन्सीलले एफआईपीको सुरुवात भएको दिन सेप्टेम्बर २५ मा पहिलो पटक फार्मेसिस्ट डे भनेर घोषणा गरेको थियो । सन २००९ देखि हरेक सेप्तेम्बर २५ का दिन विश्व फार्मेसिस्ट डे मनाउने गरिन्छ । यस बर्स पनि ‘ट्रान्सफरिङ गुड हेल्थ’ भन्ने मुल नाराका साथ यो दिन मनाइदैछ ।
फार्मेसिस्ट के हो भनेर हाम्रो नेपाली समाजमा प्रश्न गर्यो भने धेरै पढे लेखेका र भलाद्मी मानिसहरुबाट पनि फार्मेसिस्ट एक औषधि पसले भन्ने जवाफ आउने गर्छ । तर यथार्थमा फार्मेसिस्ट को हो यो बुझ्ने व्यक्ति धेरै कम भेट्ने गरिन्छ । तर वास्तविक रुपमा एक फार्मेसिस्ट के हो यो बुझ्ने ब्यक्ति सायदै कम होलान ।
बास्तबमा फार्मेसिस्ट त्यो ब्यक्ति हो जस्ले एउटा औषधीको मोलीकुल पत्ता लगाउँछ, औषधी बनाउछ, मार्केटीङ सेल्स एक गरेर समाजलाई जुन योगदान गरेको छ, त्यस्लाई समाजले पसलेको उपनाम दिरहेको छ जुन एक दुःखको कुरा हो ।
एउटा अचम्मको कहानी छ हाम्रो समजमा, हामी बिरामी भयौँ भने हामी डाक्टरलाई सम्झन्छौ यो स्वभाविक नै हो । तर जब डाक्टरले लेखिदिएको प्रेस्क्रीप्सन बोकेर फार्मेसी गएर त्यो नबुझीने डाक्टरको अक्षर डीकोड गरेर एउटा फार्मेसिस्टले डीस्पेन्स गरेको औषधी लगेर खान्छौ, यदि ठीक भयो भने हामी डाक्टरको प्रशंसा गरेर धन्यबाद दिन्छौ । यदि नभए हामी सोच्छौ कि कस्तो पसले रैछ उल्टो औषधी पो दिएछ कि क्या हो ।
अनि हामी एक फार्मेसिस्टलाई गाली दिन थाल्छौ । तर हामीलाइ यो थाहा हुदैन । हामीले खाएको औषधी कस्ले बनायो ? यसको गुण्स्तर लागाएत प्रयोग डाक्टर समक्ष कसले पुर्याउँछ ? यो सबको पछाडी फर्मासीस्टको भूमीका रहने गर्दछ । यो कुरा आम मानिस समक्ष पुर्याउन हामी असमर्थ भइहेका छाैँ । हामीले अब समाजलाई यो बुझाउन सक्नुपर्छ कि फर्मासीस्टको काम नबुझिने अक्षर डिकोड गरेर औषधी डीसपेन्स मात्र गर्ने हैन । एक फर्मासीर्टले एउटा औषधीको मलीक्युल पत्ता लगाउनेदेखि प्यासेन्टले औषधी खाएर ठीक नहुन्जेल मुख्य भूमीका खेलेको हुन्छ । फार्मेसिस्ट स्वास्थ्य क्षेत्रको मेरुदण्ड हो । जस्को महत्व एक चिकित्सक सरह हुने गर्दछ तर दुःखको कुरा यो भूमीकालाई समाजले चिन्न सकेको छैन ।
हाम्रो समाजमा फर्मासीस्टलाई अन्य कुनै स्वस्थ्य क्षेत्र भन्दा कम महत्व दिएको देखिन्छ । यसलाई हामीले बुझ्न जरुरी छ । फार्मेसी एउटा बिज्ञान हो, जसले औषधि कसरी बनाइन्छ त्यो सिकाउँछ । फार्मेसी त्यो बाटो हो जसले जनतासामु विभिन्न रोगहरुको सहि औषधी पुर्याएर सबैलाई नयाँ जिवन प्रदान गर्छ । हो ! तपाईंहरु बिरामी हुँदा औषधी बनाएर आम मानिससामु पुर्याएर जीवन बचाउने व्यक्ति नै “फार्मेसिस्ट“ हो ।
“फार्मेसिस्ट आर दी लिगल लर्ड अफ ड्रग’’ जसले कुनैपनी व्यक्तिलाई काउन्सेलिङ्ग र सल्लाह दिदा कुनै पनि चार्ज लिदैन नत्र हामीले हेर्न सक्छौ, डाक्टरहरु ले त एकपटक भेट्नको लागि पनि छुट्टै रकम तिर्नुपर्ने भनेर छुट्टयाएका हुन्छन । फार्मेसिस्टले फरक फरक कम्पनीको कम पैसामा एउटै काम गर्ने औषधी दिएर आर्थिक अवस्था कम्जोर भएका ब्यक्तिहरुलाई पनि धेरै सहयोग गरेको हुन्छ । उनीहरुको राम्रो नैतिक चरित्र र इमानदारीको मद्धतले उनिहरु सबै बिरामीको संकालाई मेटाइदिन्छन । उनीहरु एक औषधी पसले मात्र नभएर मेडिकल प्रतिनिधि (एमआर) हुन ।
एक वैज्ञानिक हुन जसले अनुसन्धान गरेर नयाँ औषधीको कम्पाउन्ड पत्ता लगाउँछन । उनिहरु लयर फार्मेसिस्ट बनेर फार्मासिष्ट र स्वास्थ क्षेत्रका व्यक्तिहरुलाइ कानूनी सल्लाह दिने गर्छन् ।
अहिले धेरै व्यक्तिहरुको मात्र नभएर विध्यार्थीहरुले पनि यस पेशालाई कम महत्त्व दिएको पाइन्छ । कति बिध्यार्थीहरु ले पसल गर्न पाइन्छ भनेर मात्र पढेका हुन्छन् त कतिपयले लाइसेन्स भाडामा लाउन पाइन्छ भन्ने गर्छन त कतीपयलेव स्कोप कम छ भनेर पढ्न समेत इच्छुक हुदैनन् । तर स्कोप धेरै नै छन जस्लाई हामीले केलाउन मात्र नजानेको हो ।
फार्मेसिस्ट एउटा मेडीकल देखि फर्मास्यूटीकल कम्पनीसम्म र सरकारी कार्यालय देखि विश्वविद्यालयको वैज्ञानिकसम्म छन । मात्र हामीले खोज्न जरुरी छ । हामीले आफ्नो पेशालाई माया गरौं, छोडेर कतै नजाऔँ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




