सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी कमर्सियल भेहिकल्सबीच सम्झौता

-


     सफल आवाज    
     असाेज २१ गते २०७७ मा प्रकाशित


काठमाडौं, २१ असोज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लक्ष्मी कमर्सियल भेहिकल्सबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच आयोजित कार्यक्रममा भएकाे सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी कमर्सियल भेहिकल्सका तर्फबाट कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार बैंकका ग्राहकले स्वराज माज्दा (एसएमएल) ब्राण्डको कमर्सियल गाडीको आधिकारीक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्सबाट नयाँ गाडी खरीद गर्न चाहेमा १२.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको अधिकतम ७५ प्रतिशतसम्म कर्जा सुविधा पाउने भएका छन । याे सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताएका छन ।

बैंकका हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट ग्राहकलाई यस किसिमको कर्जा प्रदान गरिने जनाईएको छ ।