फोर्स मोटर्स र माछापुच्छ्रे बैंकबीच सम्झौता

- फोर्स मोटर्सका गाडीमा माछापुच्छ्रे बैंकले ७५ प्रतिशतसम्म लगानी गर्ने

-


     सफल आवाज    
     असाेज २२ गते २०७७ मा प्रकाशित


काठमाडौं, २२असोज। फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. र माछापुच्छ्रे बैंकबीच सहकार्य सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमबीच सम्झौता पत्रमा आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. का अध्यक्ष ध्रुव थापा र माछापुच्छ्रे बैंकका गण्डकी प्रदेश प्रमुख दीनेश दवाडीले हस्ताक्षरण गरेका हुन।

सम्झौतापछि फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकलाई बैंकले देशभरका शाखाबाट सहज रुपमा फाइनान्स सुविधा उपलब्ध गराइने छ । फोर्स मोटर्सका सबै प्रकारका गाडीमा माछापुच्छ्रे बैंकले ७५ प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउने बैंकका प्रदेश प्रमुख दीनेश दवाडीले बताए ।

हिमालय अर्गनाइजेसन पोखराको प्रतिष्ठित व्यावसायिक घराना भएकाले अन्य व्यावसायिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने माछापुच्छ्रे बैंकका शाखा प्रवन्धक प्रदीप श्रेष्ठले बताए ।

आयामले बिगत ६ वर्षदेखि नेपालमा फोर्स मोटर्सका गाडीहरु बिक्री वितरण गरिरहेको छ। काठमाडौं, हेटौंडा, पोखरा र इटहरिमा आयामको आफ्नै शोरुम छन् भने नेपालका विभिन्न शहरमा डिलर नेटवर्क विस्तार गरी फोर्सका गाडी बिक्री वितरण भइरहेकाे आयाम इन्टरकन्टिनेन्टल प्रालिका निर्देशक निरन केसीले बताए ।

बैंकसँगको सम्झौताले ग्राहकलाई थप सुविधा उपलब्ध हुने हिमालय अर्गनाइजेसन र आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का अध्यक्ष ध्रुव थापाले बताए । धेरै सिट क्षमता, ३ वर्ष वा ३ लाख किमी इन्जिनको वारेन्टी, मर्सिडिज इन्जिनको लाइसेन्स प्राप्त लगायतका विशेषताले फोर्स मोटर्सप्रति ग्राहकको आकर्षण बढेको अध्यक्ष ध्रुव थापाले सफल आवाजलाई बताए ।