दशैं राम्रो’ लोक दोहोरी गीतको भिडियो सार्वजनिक

-



     सफल आवाज    
     असाेज २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ असोज । नेपालीको महान चाड बडा दशैंको अवसर पारेर ‘दशैं राम्रो’ बोलको लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरको स्वर रहेको छ । शब्द तथा संगीत बलराम श्रेष्ठको रहेको छ । गीतको एरेन्ज मनोहर सुनामले गरेका हुन ।

बलराम श्रेष्ठ र रामकृष्ण परियारले संयुक्त निर्देशन गरेको भिडियोमा बलराम श्रेष्ठ, रामकृष्ण परियार, नमुना दाहाल, मौसम माया तामाङ, एक कस्पाल, भक्ति श्रेष्ठ, सुदिप श्रेष्ठ, मिलन रोयल राई, ममता श्रेष्ठ बाल कलाकार संरक्षक, रेश्मा परियारको अभिनय रहको छ । सम्पादन एन एफ डि अनामनगरमा गिरएकाे हाे । छायाँकन जय राम थापाले गरेका हुन । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ


भिडियो :