
पाेखरा, २७ असाेज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजी क्षेत्र आर्थिक विकासकाे मुख्य सहयात्री रहेकाे बताएका छन । निजी क्षेत्र तथा प्रदेश सरकारको सहकार्य तथा साझेदारीमा प्रदेशले थप प्रगति हासिल गर्न सक्ने उनले बताए ।
नेपाल चेम्बर दिवस तथा नेपाल चेम्बर अफ कमर्स ७० वर्ष पुगेकाे अवसरमा पोखरा चेम्बर अफ कमर्सले प्रकाशन गरेकाे ‘संघीयतामा समृद्धि नामक स्मारिका विमोचन कार्यक्रमा बाेल्दै मुख्यमन्त्री गुरुङले आर्थिक विकासमा निजी क्षेत्रको योगदान अति महत्वपुर्ण रहेको उल्लेख गर्दै प्रदेश सरकार निजीक्षेत्रसँग लगानी बिस्तारमा सहकार्य गर्न तयार रहेकाे बताए ।
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्माले सबल अर्थतन्त्र निर्माणका लागि सबै क्षेत्र अग्रसर हुनुपर्ने धारणा राखेका थिए ।
मुख्यमन्त्री कार्यालयमा आयाेजित उक्त कार्यक्रममा बाेल्दै पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले गण्डकी प्रदेशको समृद्धिसँग जोडिने याेजनाका साथ याे स्मारिका प्रकाशन गरिएको जानकारी दिए ।
पोखरा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा स्मारिका प्रकाशन समितिका संयोजक गीता तिवारीले चेम्बर दिवसको अवसरमा प्रदेशका समृद्धिका विविध विषयलाई समेटेर याे स्मारिका प्रकाशित गरिएकाे सफल आवाजलाइ बताइन।










नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




