गोर्खा ब्रुअरीका उत्पादनकाे गुणस्तरबारेकाे हल्ला निराधार

-



     सफल आवाज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ६ कात्तिक । पछिल्लाे समय गोर्खा ब्रुअरीका उत्पादनकाे बिषयमा मिडियामा बिभिन्न खालका समाचार आएपछि कंपनीले यसबारेमा ध्यानाकर्षण भएकाे र आफ्ना उत्पादनहरुमाथि नियोजित प्रहार भएको बताएको छ । काल्सबर्गको नियमित निगरानीमा उत्पादन भइरहेका यी उत्पादनबारे बजारमा चलाइएको हल्ला निराधार रहेको कम्पनीले जनाएकाे छ ।

गोर्खा ब्रुअरीका नायब प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीको उत्पादनको गुणस्तरसँग जाेडेर बजारमा सुनिएको अन्तःशुल्क विवादको कुनै सम्बन्ध नरहेको बताए । बजारमा लामो समयदेखि गुणस्तरीय बियरहरु उत्पादन गरेर पठाइरहेकाे र ग्राहकलाई कसरी बढी सन्तुष्ट गर्ने भन्ने हाम्राे उदेस्य रहकाे याे अबस्थामा बजारमा उल्टै गुणस्तरबारे हल्ला चलाइनु कम्पनीको विश्वस्तरीय उत्पादनमाथिको ठाडाे प्रहार भएकाे सिलवालले स्पष्ट पारे ।

कम्पनीले आफ्ना ग्राहकलाई यस्ता भ्रममा नपर्न समेत आग्रह गरेको छ । कम्पनीको प्रत्येक ब्याचको नमूना लिएर ‘काल्सबर्ग’ले परीक्षण गर्ने गरेको छ । छड्के निगरानी गरी बजारबाट पनि नमूना संलकन गरेर ‘काल्सबर्ग’ ब्रान्डले तोकेको मापदण्ड पुर्याए/नपुर्याएको अनुगमन तथा निरीक्षण गर्ने गरिएकाे बताइएकाे छ ।

गुणस्तर, ग्राहकको स्वाद र सन्तुष्टिको मामिलामा एकरत्ति पनि सम्झौता गर्न नसकिने बताउदै सिलवालले भने,‘गोर्खा ब्रुअरी आजको स्थानसम्म यही प्रतिवद्धताका कारण आइपुगेको हो । हाम्रा उत्पादनको सरकारले पनि अनुगमन गर्ने गरेको भन्दै उनले सरकारकाे गुणस्तर अनुगन र नियमन गर्ने निकायबाट अहिलेसम्म प्रश्न नउठेको प्रष्ट पारे । अन्तःशुल्कको विषयलाई उत्पादनको गुणस्तरसँग जोड्नु अन्यायपूर्ण हुने भन्दै उनले यस्ताे हल्लाबाट कंपनी कति पनि बिचलित नभएकाे बताए ।

काल्सबर्गले आफ्नो विश्वास गुम्न नदिन उत्पादनमा कडा मापदण्डहरु अपनाउन गोर्खा ब्रुअरीलाई नियमित निगरानीमा राखेको हुन्छ । कम्पनीमा पनि काल्सबर्गकै प्रतिनिधि खटिएकाे हुने बताइन्छ ।अन्तःशुल्कका विवादका विषयमा नियामक निकायसँग छलफल भइरहेको भन्दै सिलवालले अन्य विषयमा जोडेर ब्रान्डकै बदनाम गराउँदा भविष्यमा नेपालमै विदेशी प्रविधि र लगानी आकर्षित गर्न असहज हुने पनि बताए ।