
कठमाडौं, १४ कात्तिक । राष्ट्र बैंकले सरकारी कारोबार निर्देशिका २०७६ को पहिलो संशोधनमा थप संशोधन गरेको छ । थप संशोधनमा गरिएको व्यवस्था अनुसार स्थानिय निकाय र मातहतका निकायले विनियोजित बजेट आफ्नै खातामा जम्मा गरेर खर्चको निकासा गर्न सक्ने भएका छन् ।
संघिय संरचना व्यवस्था अनुसार अहिलेसम्म विनियोजित बजेट स्थानिय तहमा महानगरपालिका र उपमहानगरपालिकाले वाणिज्य वैंकमा खाता खोलेर रकम जम्मा गरिन्थ्यो । जस्अन्तर्गत वडा, आयोग, आयोजना, परियोजना, महाशाखा र शाखाले महानगर तथा उपमहानगरबाट निकासा गरेपछि खर्च गर्न पाईन्थ्यो ।
संशोधित निर्देशिकाले अब बजेट तोलिएको वाणिज्य बैंकमा जम्मा गरेर आफ्नो आवश्यक्ता अनुसार खर्च गर्न सक्ने राष्ट्र बैंकका बैंकिङ विभागका कार्यकारी निर्देशक नरेश शाक्यले जानकारी दिएका छन् । लेखा सञ्चालन गर्नका लागि आर्थिक प्रशासन तर्फ छुट्टै अधिकृतको व्यवस्था गरी खाता खोल्न सकिनेछ । यस्ता खाताहरु अनिवार्य रुपमा सम्बन्धित खर्च केन्द्रहरुका नाममा खोली सोहि समूह अन्तर्गत राखी कारोबार निर्दिष्ट फाराममा समावेश गरी प्रतिवेदन पेश गर्नुपर्नेछ ।









नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




