राष्ट्रिय सङ्गीतकर्मी संघ कास्कीमा जिम्मेवारी हेरफेर

-


     सफल आवाज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ कात्तिक । राष्ट्रिय सङ्गीतकर्मी संघ नेपाल कास्कीको प्रथम वार्षिक साधारणसभाले विभिन्न पदमा जिम्मेवारी हेरफेर गरेको छ ।

संघको उपाध्यक्षमा सागर कार्की, सहसचिवमा राजन सुवेदी र सहकोषाध्यक्षमा रिजन बस्ताकोटी, सङ्गठन विभाग प्रमुखमा ईश्वरराज भण्डारी, अतिरिक्त क्रियाकलाप तथा सांस्कृतिक विभाग प्रमुखमा प्रकाश सापकोटा र प्रचारप्रसार एवं संघसंस्था समन्वय प्रमुखमा ऋषिराम बास्तोला (बाबुराम) लाई चयन गरेको छ ।

संघका केन्द्रीय सदस्य सन्तोष अधिकारीले कलाकारको पेशागत हकहितका लागि क्रियाशील बन्नुपर्नेमा जोड दिए ।

संघ गण्डकी प्रदेशका महासचिव कृष्णप्रसाद गौतम, कास्की जिल्ला सल्लाहकार कृष्ण रानाभाट, स्याङ्जा जिल्ला अध्यक्ष पूर्ण वाग्ले, वरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठ, सदस्य सागर कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।