कलाकार गजुरेलको स्वास्थ्यमा सुधार

-


     सफल आवाज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित


काठमाडौं, २२ कात्तिक । कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार आएको छ । कोरोना भाइरस संक्रमितपछि अस्पताल भर्ना भएका उनलाई पछिल्लो समय आइसीयूमा राखेर उपचार हुँदै आएको थियो ।

यसैबीच, शुक्रबार राति फेसबुकमा स्टाटस लेखेर उनले आफूलाई निकै सुधार भएको सार्वजनिक गरेका छन् । योबाट उनका शुभचिन्तकहरुमा खुसीको संचार भएको छ ।

उनले भनेका छन्, ‘आराम छु, आरामको कामना गर्दछु । हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’

होम आइसोलेशनमा बसेका गजुरेलको स्वास्थ्यमा कठिनाइ आएपछि उनलाई बुधबार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको थियो । उनलाई अक्सिजनको कमी भएको र फोक्सोमा सङ्क्रमण देखिएको चिकित्सकहरुले बताएका छन् । उनलाई कात्तिक १० मा कोभिड–१९ पुष्टि भएको हो ।