डा पोखरेलद्वारा राजीनामा

-


     सफल आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित


पाेखरा, २८ कात्तिक । गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा जगदीशचन्द्र पोखरेलले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा शहरी विकास विज्ञ ट्रस्टीका सदस्य डा पोखरेलले राजीनामा दिइएको विज्ञप्तिमा उल्लेख छ ।

डा पोखरेलले बोर्डको सल्लाहअनुसार काम हुन नसक्नु, बोर्डको गरिमाको ख्याल नहुनुजस्ता घटनाले साक्षी मात्र बस्न पदमा रहन उपयुक्त नदेखिएको स्पष्ट पारेका छन् ।

डा पोखरेलले विश्वविद्यालयका कुलपति डा गणेशमान गुरुङलाई पत्र लेख्दै सो पदबाट राजीनामा दिइए पनि आफूले प्रदेश तथा विश्वविद्यालयको विकासमा सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।