मैत्रीपूर्ण फुटबलमा नेपाल २-० ले बङ्गलादेशसित पराजित

-



     सफल आवाज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा बङ्गलादेशसित पराजित भएको छ । नेपाल बङ्गलादेशसँग २–० गोलले पराजित भएको हो । बंगलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालाामा शुक्रबार भएको खेलमा खेलको १०औँ मिनेटमा बङ्गलादेशका लागि मोहमद नवीन नेवाज जीवनले पहिलो गोल गर्नुभएको थियो ।

खेलको ८०औँ मिनेटमा महबुबुर रहमानले बङ्गलादेशका लागि दोस्रो गोल गरे । नेपालले मध्यान्तरअघि र त्यसपछिको खेलमा गोल गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन । नेपालले पहिलो हाफको १७औँ मिनेटमा गोल गर्ने मौका पाएको थियो । नेपालका नययुग श्रेष्ठले गरेको प्रहार गोल पोष्टमा पस्न सकेन । खेलको २५औँ मिनेटमा नेपालका लागि रवि पासवान तथा खेलको २६औँ मिनेटमा अञ्जन विष्टले प्रयास गरे पनि गोल गर्न भने सकेनन् । यस्तै खेलको ३९औँ मिनेटमा पनि विष्टले नै गोल गर्ने राम्रो मौका पाए गाेल भएन । खेलको ५६औँ मिनेटमा नेपालका पासवानले गाेल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

यसैगरी खेलको ७२औँ मिनेटमा नेपालका भरत खवासले गरेको प्रहार गोलमा परिणत हुन सकेन । नेपाल र बङ्गलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते हुनेछ । तीन खेलाडीको डेब्यु बङ्गलादेशसितको हिजाेकाे खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरे । डेब्यु गर्ने खेलाडीमा विकास खवास, एरिक विष्ट र दर्शन गुरुङ हुनु । विकासले खेलको प्रारम्भमै डेब्यु गरे । यस्तै एरिक खेलको ४२औँ मिनेटमा विक्रम लामाको स्थानमा मैदान प्रवेश गरे । यसैगरी खेलको ६८औँ मिनेटमा दर्शन पासवानका स्थानमा मैदानमा पसे ।। कोरोना भाइरसको महामारीका कारण नेपालले एक वर्षयता कुनै पनि प्रतियोगिता खेल्न सकेको थिएन । महामारीकै बीच बङ्गलादेशले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निम्तो दिएको हो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बङ्गलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।