
काठमाडौं, ३ मङ्सिर । शीर्ष नेताबीच उत्पन्न विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे छ । यसअघि गत कात्तिक २८ गतेको सचिवालय बैठकले आजका लागि बैठक तोकेकाेमा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोपप्रत्यारोप पार्टीको बैठकमा दस्तावेजका रुपमा वितरण गरिएपछि विवाद झन् बढेको थियो ।
यसबीचमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आफ्नो तर्फबाट विभिन्न नेतासँग परामर्श गरे पनि सहमतिको निकास ननिस्किएर बैठक बस्ने नबस्ने अन्योल भएकाे बेला बैठक बसेकाे हो । बैठकमा प्रधानमन्त्री ओलीसहित सबै नेताहरु सहभागी भएका छन् ।
गत भदौ २६ गतेको स्थायी कमिटीको निर्णय कार्यान्वयन गरेर अघि बढ्नुपर्नेमा सबै नेताहरुको जोड रहे पनि सरकार र पार्टीबीचको दूरी बढेपछि विवाद बल्झिएको हो । उक्त स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्षसहित बाँकी कार्यकालका लागि सरकारको नेतृत्व र दाहाललाई पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी स्पष्ट गरेको थियो ।तस्वीरःरासस








खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 




