भेष्पा स्कुटरकाे बजारमा माग बढ्दाे

-



     सफल आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ८ मंसिर । भेष्पा स्कुटरकाे बजारमा माग बढदै गएकाे कंपनीले जनाएकाे छ । सहरी क्षेत्रमा चलाउन सहज हुने भएकोले यसको रोजाइ बढेको बताइन्छ। बिशेष गरी युवा पुस्तामा भेष्पा स्कुटरकाे माग अत्यधिक छ । अहिले  स्कुटर चलाउनेको सङ्ख्या समेत बढ्दो छ ।

त्यसैले पनि २ पांग्रे सवारीसाधन निर्माण कम्पनीले स्कुटर निमार्णमा बिशेष ध्यान दिएकाे पाइन्छ। भेष्पा स्कुटरकाे अाकर्षक डिजाइनले सबैकाे मन लाेभ्याएकाे छ ।

हाल बजारमा सस्तोदेखि महंगा स्कुटरहरू पाइन्छ । प्रिमियम स्कुटरको बर्गमा भेष्पा ले छुट्टै स्थान बनाइसकेकाे कंपनीकाे दावी छ। नेपालमा भेष्पा र अप्रिलिया स्कुटर एमभी दुगडले विक्री वितरण गर्दै आइरहेको बताइएकाे छ।