कक्षा १२ को परीक्षा आजबाट शुरु

-


     सफल आवाज    
     मंसिर ९ गते २०७७ मा प्रकाशित


काठमाडौं, ९ मंसिर । गत वैशाख ८ गतेदेखि हुने भनिएकाे काेराेनाकाे संक्रमण जाेखिमकाे कारण स्थगित कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ । पहिलो दिन विद्यार्थीले अंग्रेजी विषयको परीक्षा दिएका छन् ।

कोरोना भाइरसको संक्रमण जोखिमका कारण स्थगित भई ७ महिनापछि आजबाट शुरु भएको परीक्षामा ४ लाख ३२ हजार विद्यार्थी सहभागि भएका छन् । परीक्षाका लागि देशभर ४ हजार १०५ परीक्षा केन्द्र रहेका राष्ट्रिय परीक्षा बोर्डले बताएकाे छ।

परीक्षामा सहभागि हुँदा स्वास्थ्य सुरक्षाका मापदण्डलाई अपनाउन राष्ट्रिय परीक्षा बोर्डले अनुरोध गरेको छ । बोर्डका अनुसार कोरोना संक्रमणको कारण परीक्षा दिन नसकेकाहरुको लागि अर्को परीक्षाको व्यवस्था गर्ने बोर्डले जनाएको छ । परीक्षा दिन स्क्ने संंक्रमण पुष्टि भएका विद्यार्थीको लागि भने छुट्टै बस्ने व्यवस्था मिलाईएको छ ।

परीक्षा सैद्धान्तिक तर्फ जम्मा पूर्णाङकको ४० प्रतिशत लिखित लिन लागिएको छ । ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकि २० प्रतिशत विद्यालयको आन्तरीक मूल्यांकनको आधारमा अंक दिईने बताईएको छ । आजबाट शुरु परीक्षा मंसिर १६ सम्म चल्ने भएको छ भने परीक्षा समय बिहान ८ वजेदेखि रहेको छ ।

गएकाे वैशाखकाे ८ गतेबाट शुरू हुनुपर्ने परीक्षा काेराेना भाइरसकाे संक्रमण जाेखिमकाे कारण स्थगित भएकाे थियाे ।

परीक्षा तालिका तलकाे लिंकमा छः

https://drive.google.com/file/d/1987wKB1GWvnDQKxPGA40UMRi1Z71pQtv/view?usp=sharing