नेपाली परिकारलाई बिश्वसामु चिनाउने को हुन सेफ सन्तोष ?

-



     आर.बी बुढाथोकी    
     मंसिर ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ मङ्सिर । नेपाली सेफ सन्तोष ​शाह​ बीबीसीले प्रायाेजन गरेकाे मास्ट​र​ सेफ द प्रोफेसन​ल​को सेमिफाइन​ल​मा पुगेका छ​न​। नेपाली खानालाई बिश्व​ ब​जार​मा चिनाउने सोच​का साथ​ लागेका शाह​ले ल​न्ड​न मै ब​सेर​ बिग​त​ पाँच​ ब​र्षदेखि नेपाली प​र​म्प​राग​त​ खानाको सोध​ त​था अनुसन्धान शुरु ग​रेका थिए । अहिले जुन कम्पिटिस​न​मा भिडिर​हेका छ​न् ति खाना भ​ने मोर्ड​न​ ओय​मा प्र​स्तुत​ छ ।​ ज​स​ले ग​र्दा निर्णायकह​रुको म​न​ छोयो। उन​ले सिस्नो, कर्कलोको पात​, भाङ​ग​को अचार, टिमुर​,सिस्नो, आलुको त​र​कारी, भेडाको मासु, पोलेको माछा, ख​सीको मासु, थेबेको साग​, तामाको अचार​, ग​हुको रोटी, ढुम्रीभित्र आलुको अचार राखेर नेपाली परिकार र त​राइको बुनिया, जेरी ल​गायत​का खाना प​स्केका थिए । जुन अत्य​न्त​ नौलो र​ भिन्न​ देखियो । कलात्म​क प​नि देखियो।

द​र्ज​नौ बिदेशी सेफ​ह​रुलाई प​छाडी पारेर​ ज​स​री उन​ले सेमिफाइन​ल​ प्र​बेश ग​रे त​ब​ स​र्ब​त्र​ उन​को​ चर्चा शुरु भ​यो । उन​ले प्र​तियोगितामा जुन आँट​ र​ साहस​ लिएर​ नेपाली खानाको प्र​चार​प्र​सार​ ग​रे अहिले बिश्वभ​र​का नेपालीले उन​को सह्राना ग​रेका छ​न् र​ भ​नेका छ​न्, यो स्थान​ हासिल​ ग​र्नु भनेको शाहले यो प्र​तियोगिता जितेसरह ब​राब​र भ​एको छ​। प्रतियोगितामा शाहले आफ्नो पाक-कलाको  सर्वश्रेष्ठ नतिजा दिन पनि सफल भएका छन् ।

शाह​ले प्र​तियोगितामा जान​को लागि बिग​त​ पाँचबर्ष​ देखि अभ्यास​र​त थिए।  मैले बिग​त​ दुइ द​श​क देखि भार​तीय​ खाना र​ अन्य​ देश​क खानाको सोध​ र​ अनुस​न्धान​मा बिताएँ, अब मैले आफ्नो देश​का लागि प​नि केहि ग​र्नुप​र्छ​ भ​न्ने लागेर​ शुरु ग​रेको हुँ । म​ निर​न्त​र​ मेरो देश​को खानाको सोध​ र अनुसन्धानमा ला​गेर​ हाम्रो खानालाई चिनाउने प्र​यास​ ग​र्छु, ल​न्ड​न​बाट​ उन​ले फोन​मा भ​ने । खाना भ​न्ने कुराले आफ्नो देश​को कला संस्कृति​संग स​म्ब​न्ध​ राख्ने हुँदा हामीले हाम्रो देश​को स्वाद​ बिश्व​लाई चखाउन प​नि अति आब​श्य​क छ​, उनले भने ।

नेपाल​ कला-संस्कृति​मा ज​ति ध​नी छ​ त्य​ति कै खानामा प​नि ध​नी देश हो । मात्र​ हाम्रो खाना बिश्व​सामु चिनाउन​ स​किएको थिएन​। स​न्तोस​ शाह​को यो कद​म​ले धेरै ह​द​स​म्म​ नेपाली खाना बिश्वब​जार​मा चिनिने आशा राखिएको छ​। उन​ले ब​नाएको करेलाको च​ट​नीलाई एक चिज​मा पाँच​ थ​रिको स्वाद​ भ​एको च​ट​नी भ​नेर​ स्टार​ च​ट​नीको नाम​ दिइएको छ​। ब्रिटेनमा बसोबास गर्ने नेपाली मूलका सेफ सन्तोष बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणमा सेमी-फाइनलमा पुग्ने सम्भबत पहिलाे नेपाली हुन ।

को हुन सन्तोष शाह ?

नेपालको सिराहा जिल्लामा जन्मिएका सन्तोष शाह आफ्नो कमजाेर आर्थिक अबस्थाको कारण गाउँमै पाउरोटी, प्लास्टिकको झोला बेचेर गुजारा गर्थे । एसएलसीमा फेल भएका शाह १४ बर्षको कलिलो उमेरमा कामको शिलसिलामा भारत छिरेका थिए । तर आफ्नो साहस र मिहिनेतका कारण ‘किचन पोर्टर’बाट रोजगारी थालेका शाहले दश वर्षभन्दा कम अवधिमा ‘इन्सटिच्यूट अफ क्याटरिंग एण्ड होटल म्यानेजमेन्टबाट ‘डिप्लोमा इन होटल एण्ड क्याटरिङ म्यानेजमेन्ट’ कोर्समात्र गरेनन्, भारतीय कम्पनीमा करिब असी जना कामदारको हेड सेफ समेत बनेर काम गरेका थिए ।

सन २०१० मा उनलाई वर्क परमिट सहित बेलायत जाने अबसर मिल्यो । उनलाई त्यहाँ भारतीय रेस्तुरेन्ट तथा होटलमा थप दश बर्ष काम गर्ने अबसर मिल्यो । पछिल्लो समयमा आएर नेपाली खानाको खोज तथा अनुसन्धान गर्नुपर्छ भनेर लागेका शाहले पहिलोपटक बिश्वलाई चकित तुल्याए । नेपाली परम्परागत खानालाई मोर्डन तरिकाबाट पस्कन सिपालु भएका कारण उनले यो सफलता पाउन कुनै गाह्राे भएन । यो प्रतियोगितामा पनि उनले बनाएको करेलाको नेपाली चटनीलाई एउटै चिजमा पाँच स्वाद पाइएको भन्दै स्टार सेफ मोनिकाले स्टार चटनी भनेर नाम दिइएकी छिन् । 

नेपालका बिबिध परिकारहरु बनाएर बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाएपछि बिश्व चकित भएको थियो । अब बिश्वले नेपाली पाककला र खानाका बिषयमा हेर्ने नजर पनि फेरिएको छ । तपाईंले युकेको किचनमा नेपाल ल्याउनु भयो भनेर निर्णायकहरु दङ्ग परेका थिए । उनी यहाँसम्म आइपुग्दा पनि आफुलाई सफल भएको मान्छन् । आफ्नो सपना भनेको नेपाली खाना बिश्वसामु चिनाउनु थियो, चिनाउन सकेकोमा प्रशंसा बटुलेको बताए । मेहनत, लगन, सधैं अरुलाई सम्मान गर्ने र कहिल्यै ठूलो नहुने गुणले नै कलिलो उमेरमा शाह सफल सेफ बनेर देशको नाम उंचो राख्न सफल भएका छन् ।

(लेखक, सोल्टी क्राउन प्लाजा होटेलका सुसेफ हुन ।)