मुख्यमन्त्री गुरुङद्वारा एकैदिन ३ वटा पुलको शिलान्यास

-



     सफल आवाज    
     मंसिर १० गते २०७७ मा प्रकाशित



कास्की, १० मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले एकैदिन आज कास्कीको मादी गाउँपालिकामा इदी खोला, मकैखोला र वार्दी खोलामा ३ वटा मोटरेवल पुलको शिलान्यास गरेका छन् ।

कास्कीको मादी गाउँपालिकाको इदीखोलाकाे मोटरबेल पुल ४ करोड ४२ लाखको लागतमा बन्न लागेकाे हाे । उक्त पुलकाे निर्माण २०७८ साल साउन २१ गतेभित्र सम्पन्न गरिसक्ने याेजना रहेकाे छ । पुल ३१ दशमलव २ मिटर लम्बाइको हुनेछ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कास्कीले प्रिस्ट्रेस्ड बिम प्रविधिबाट यो पुल निर्माण गर्नेछ ।

मादीको वार्दीखोला राखी मिजुरे सडक खण्डको पुल २०७८ असोज २८ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ । पुलको नयाँबाटो भदौरे जिएस इन्जिनियरिङले ठेक्क पाएको छ । यो पुलको लागत ४ करोड ५२ लाख ७२ हजार रुपैयाँ रहेको छ । जस्को लम्बाई ३६.२ मिटर रहेको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कास्कीले प्रिस्ट्रेड बि प्रविधिको पुल निर्माण हुने बताएको छ ।

मादी गाउँपालिकामै मुख्यमन्त्री गुरुङले आजै दोश्रो मकैखोला पुलको शिलान्यास गरेका स्वकिय सचिव सूर्य गुरूङले जानकारी दिएका छन् । थुम्सीकोट, भाचोक र कमादी सडकखण्डमा पर्ने पुलको काम द्रुत गतिमा भईरहेकोमा मुख्यमन्त्री गुरुङले खुसि व्यक्त गरे ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत बन्न लागेका पुलको निर्माणले गाउँको मुहारमा उज्यालो थपिनेमा द्वुवीधा नभएको उनको भनाइ थियो । आरसिसी टी बीम प्रविधिमा बन्न लागेका पुलको लागत २ करोड ३२ लाख ६९ हजार रुपैयाँ रहेको छ । २५.६५ मीटर लामो पुल गजेन्द्र निर्माण सेवाले ठेक्कामा लिएको छ । उक्त पुल २०७८ साल साउन २१ गतेसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको छ ।

आजै शिलान्यास भएकाे वार्दीखोला पुलको लागत ४ करोड ५२ लाख ७२ हजार रुपैयाँ छ । यस पुलकाे २०७८ असोज २८ गतेभित्र निर्माण पूरा गर्ने गरी नयाँबाटो भदौरे जिएस इन्जिनियरिङले ठेक्का लिएको छ । राखी मिजुरे सडक खण्डमा पर्ने यस पुलको लम्बाइ ३६ दशमलव २ मिटर हुनेछ ।