लक्ष्मी हुण्डाईले ल्यायो,अनलाइनबाटै गाडी खरिद योजना

-



     सफल आवाज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित


hyundai


काठमाडौं, १६ मंसिर । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोरोना भाइरसको संक्रमणको कारण हुण्डाई गाडीको बिक्री योजना अनलाइनमार्फत हुने बताएको छ । नेपालका लागि हुण्डाइ मोटर्सको एक मात्र बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अनलाइबाट ग्राहकले आफुलाई चाहिएको हुण्डाई गाडी खरिद गर्न सक्ने बताएको हो ।

ग्राहकले प्रालिको वेबसाईटबाट गाडीको खरिद गर्न पाउने सुविधा पाएका छन् । कोरोना भाइरसको संक्रमणको जोखिम पनि नहुने र खरिदको प्रक्रिया पनि सजिलो हुने भएको छ । मूल्यमा पनि छुट गरिएको छ र ग्राहकले छुटको लाभसहित उपलव्ध रंगहरुमध्ये आफुले रोजेको रंगको गाडी खरिद गर्न सक्ने भएका छन् ।

ग्राहकले फाइनान्स गर्न चाहेको खण्डमा अनलाईनबाटै सुविधा पाउने भएका छन् । रकम भुक्तानी अनलाईनबाट वा चेकबाट गर्न सकिने र ग्राहकले चाहेको ठाउँमा नै हुण्डाई गाडीको डेलिभरी पाउन सक्ने भएका छन् ।