टाटा एच ५ गाडीका लागि ‘वन डे वन्डर’ कार्यक्रम मंसिर २१ मा,भारी छुट पाउने

-



     सफल आवाज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा एच ५ गाडीका लागि ‘वन डे वन्डर’ कार्यक्रम गर्न लागेकाे छ । कम्पनीले याे कार्यक्रम टाटा मोटर्सको थापाथली शोरुममा मंसिर २१ गते गर्न लागेकाे बताइएकाे छ ।

गाडी बुकिङ तथा प्रि बुकिङ गर्ने ग्राहकले आकर्षक बोनस, उपहार तथा भारी छुट पाउने कम्पनीले जनाएको छ।

ग्राहकका लागि नगद छुट ३ लाख ५० हजार, आईफोन ११ प्रत्येक बुकिङमा पाउने र एक्सचेञ्ज लाेयल्टी बाेनस १ लाख ५० हजार माथि पाउने लगायतका अफर रहेका छन् ।