
ललितपुर, १८ मंसिर । गोदावरी नगरपालिकाले नख्खु खोलामा पुल निर्माण गर्ने भएको छ । गोदावरी चापागाउँ हुँदै कुसुलेचौर–छम्पी जोड्ने सडकअन्तर्गत खोलामा पुल निर्माणका लागि आज नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले शिलान्यास गर्नुभयो ।
कार्यक्रममा महर्जनले सो पक्की पुल निर्माणका लागि नगरपालिकाले रु तीन करोड १५ लाख ९४ हजार ४६८ रकम खर्च गर्ने बताए । उनले भने, “यसका लागि चालु आर्थिक वर्षमा रु एक करोड ८० लाख रकम विनियोजन भइसकेको छ ।”
पुल निर्माणको जिम्मा सिभाको महर्जन जेभी, ललितपुरले बोलपत्र लिएर नगरपालिकासँग सम्झौतासमेत गरिसकेको महर्जनले जानकारी गराए । उक्त पुल निर्माण सम्पन्न भएपश्चात गोदावरी वडा नं ७ देवीचौर, ८ डुकुछाप र ९ छप्पीका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।
नगरपालिकाले निर्माण पक्षसँग गएको असोजमा नै सम्झौता गरे बमोजिम चापागाउँ छम्पी जोड्ने पुलको काम २०७८ असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ । पुलको लम्बाइ १८ मिटर र चौडाइ छ मिटरको हुनेछ । रासस








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




