पुर्बान्चल विश्वविद्यालय पोखरामा हल्ट प्राइज २०२० -२१ को अन्तिम प्रतियोगिता डिसेम्बर १२ मा हुँदै

-



     सफल आवाज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित



पाेखरा । फुड फर गुड भन्ने चुनौतिको साथमा पुर्बान्चल विश्वविद्यालय पोखराले हल्ट प्राइज २०२०-२१ आयोजना गरिरहेको कार्यक्रमलाइ अन्तिम रुप दिदै डिसेम्बर १२ मा सम्पन्न हुनेगरी सबै तयारी पूरा गरेको जनाएकाे छ ।

यस प्रतियोगितामा दर्ता गरिएको समुहहरुबाट उत्कृष्ट सात समुहकाे प्रतियोगिताको अन्तिम चरणमा छ्नौट गरिनेछ र उत्कृस्ट समुहले अन-क्याम्पस चरणमा बिजेता भइ रिजनल मा स्वत छनौट हुनेछ्न।

बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् । यो प्रतिस्पर्धा विद्यार्थीहरूका लागि नोबेल पुरस्कार पनि भनेर चिनिने अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार यसको मुख्य आकर्षणको रूपमा रहेको छ ।

यस कार्यक्रम लाई भब्यताका साथ सम्पन्न पार्न क्याम्पस निर्देसक बरुन छेत्री तथा क्याम्पस उपनिर्देसक मनमोहन रिमालको सम्युक्त नेतृत्वमा गठन भएको कार्यसमितिले तयारी सम्पन्न गरिसकेको मनमोहन रिमालले जानकारी गराए। क्याम्पस निर्देसक बरुन छेत्रीले कार्यक्रममा सबै ब्यबशायीक क्षेत्रमा सफलता हासिल गरिसकेका ब्याक्तित्वले प्रतियोगीको प्रस्तुतिलाइ निरीक्षण गरि बिजेताको चयन गर्नेछन।

पुर्बान्चल विश्वविद्यालयकाे सम्बन्धन प्राप्त नोभेल एकेडेमीले आयोजना गर्ने उक्त कर्यक्रममा चरक ऐकेडेमिले पनि सहकार्य गरि कार्यक्रम सम्पन्न हुनलागेको नोभेल एकेडेमीका अध्यक्ष बिस्वेश्वर आचार्यले सफल आवाज लाई बताए ।

पुर्बान्चल विश्वविद्यालय पोखरा हल्ट प्राइज २०२०-२१ लाई सफल आवाजले अफिसियल मिडियाका रूपमा सहयाेग गरेकाे छ ।