साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गर्याे २६.३१ प्रतिशत लाभांश घाेषणा

-



     सफल आवाज    
     मंसिर २४ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २४ मंसिर । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेको छ ।

संस्थाकाे मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूकाे लागि २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरिएकाे हाे ।

संस्थाले हाल कायम भएकाे चुक्ता पूँजीको बाेनस शेयर २५ प्रतिशत तथा १.३१५७८९४७४ प्रतिशत नगद सहित जम्मा २६.३१५७८९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंककाे अनुमति तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थाकाे वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांश पारित भएपिछ वितरण गरिने भएकाे छ ।