अस्मिता र आशिषको “एउटा मान्छे ” सार्वजनिक

-



     सफल आवाज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित



काठमाडौं ,२८ मंसिर । अस्मिता अधिकारी र आशिष कर्णको स्वरमा रहेको आधुनिक गीत “एउटा मान्छे ” सार्वजनिक भएको छ ।

गीतमा राजेश राउत र मनिशा पन्तको अभिनय, शब्द क्षितिज पारि झापाली, संगीत तथा एरेन्ज विनय कार्की, मिक्सिङ जीवन वडु र स्टुडियो आरोहि ईन्टरटेनमेन्ट रहेको छ ।

विईङ सावनको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन तथा सम्पादन विकाश गुरुङको रहेको छ । मागी विवाहको माया पिरतीको कथा भिडियोमा देखाउन खोजिएको छ ।