पश्चिमाञ्चल अटोमोबाईल डिलर्स एशोसिएसनको अध्यक्षमा खड्का निर्बाचित

-


     सफल आवाज    
     पौष १८ गते २०७७ मा प्रकाशित


पोखरा, १८ पुस । पश्चिमाञ्चल अटोमोबाईल डिलर्स एशोसिएसन (वाडा) अध्यक्षमा मोहनबाबु खड्का निर्विरोध निर्वाचित भएका छन् । एशोसिएसनको आज शनिबार सम्पन्न आठौं अधिवेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समिति संयोजक कालीदास पौडेलले सफल आवाजलाई जानकारी दिए ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ, उपाध्यक्षमा राघव सिलवाल, महासचिवमा दीपेन्द्र कोइराला, कोषाध्यक्षमा शिव श्रेष्ठ र सचिवमा नीरन केसी चयन भएका छन् । यस्तै, सदस्यहरूमा विनय थापा, टीकाकुमारी गुरुङ, अशोककुमार कार्की, दीपेन्द्र भण्डारी, छविलाल सुवेदी, अशोक चालिसे, महदत्त भट्टराई, हरिप्रसाद तिवारी र मनोज थापा चयन भएका छन् ।

अध्यक्षमा निर्वाचित खड्का मोनिका सप्लायर्स र स्वरुप टायर एण्ड ट्रेड कम्पनीका संस्थापक एवं संचालक हुन् । पोखराकै जेठो संस्था पोखरा उद्योग वाणिज्य संघमा यसअघि २ पटकसम्म कार्यसमिति सदस्य रहेर व्यवसायिक हकहितका लागि काम गरिसकेका उनी लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपालका जीएसटी डिष्ट्रिक्ट को–अर्डिनेटर पनि हुन् ।

नवनिर्वाचित अध्यक्ष खड्काले गरिमामय अध्यक्ष पदमा आफुलाई निर्वाचित गरेकाेमा एशोसिएसन परिवारप्रित आभार प्रकट गर्दै आफुले पाएकाे यस जिम्मेवारीलाई गहन रूपमा लिएकाे र संस्थाकाे गरिमालाई उच्च राख्नकाे लागि सबैसँग सहकार्य गरी आफ्नाे पदिय जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।