खेम गुरुङको लोकगित ‘घर त गलकोट’ सार्वजनिक(भिडियाे)

-



     सफल आवाज    
     पौष २३ गते २०७७ मा प्रकाशित



गलकोट, २३ पुस । कलाकार खेम गुरुङको लोकगीत घर त गलकोट सार्वजनिक भएको छ । सानै उमेर देखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार गुरुङको पहिलो एल्बम युट्यूब मार्फत सार्वजनिक भएको हो ।

‘लोकदोहोरी भनेपछि हुरुक्कै हुन्थे, विभिन्न समस्याको कारण गित रेकर्ड गर्न सकेको थिएन, लामो संघर्ष पछि मेरो सपना साकार भएको छ,’ गुरुङले भने । आफ्नै लय, शब्द र स्वरमा गीत तयार पारेको उनले बताए ।

केही समय बिदेशमा रहदा जन्मभूमीको मायामा डुबेर गीत तयार पारेको र अहिले सार्वजनिक गरेको उनले बताए । गीतको म्युजिक भिडियो पनि जन्म गाउँ गलकोट मै तयार गरेको उनले जानकारी दिए । गलकोट नगरपालिका ९ बास्खोलामा जन्मिएका गुरुङले गीत संगितमार्फत जन्मभूमिलाई देश विदेशमा चिनाउने आफ्नो लक्ष्य रहेको बताए ।

आर्थिक अभावको कारण बिदेशीनु पर्दा लोकदोहोरी को यात्रालाई निरन्तरता दिन नसकेको भन्दै आगामी दिनमा निरन्तर लाग्ने उनले बताए । उक्त गीतको म्युजिक भिडियोमा कलाकार खेम गुरुङ, सिवानी कार्की र बिपिन मल्लको अभिनय रहेको छ ।

राजन केसि ‘मोहन’ ले निर्देशन गरेको भिडियोको सम्पादन कलाकार राजन केसिले गरेका छन् । म्युजिक भिडियो कलाकार ईश्वर सिंहको युट्यूब च्यानल ईश्वर सिंह मार्फत सार्वजनिक भएको छ ।