टिकटक विजेतालाई पुरस्कार

-


     सफल आवाज    
     पौष २६ गते २०७७ मा प्रकाशित


पोखरा, २६ पुस । तमु जातिको महान पर्व तमु ल्होसार/ल्होछारको अवसरमा स्टार्स स्टुडियोद्धारा ङ्यो पुषे १५ गीतमा आयोजित टिकटक प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ।

स्टार्स स्टुडियोकी सञ्चालक एवं चलचित्र निर्देशक, नायिका जसु गुरुङको शब्द र स्वर, चर्चित संगीतकार तेजेन्द्र गुरुङको संगीतमा रहेको ङ्यो पुषे १५ गीतमा आयोजित प्रतियोगिताका सहभागी ३७ जना प्रतिस्पर्धीहरुमध्ये स्याङ्जा लामडाडाकी बाबु गुरुङ प्रथम, पोखरा बिरौटाकी स्नेहा गुरुङ दोश्रो र तेश्रो घोषित रुपन्देही देवदहकी मञ्जु गुरुङ आँधीखोला फेन्सी स्टोर्सबाट प्रायोजित गुरुङ पोशाक र समाजसेवी सरोज शाक्यबाट प्रायोजित जनही दुई दुई हजार रुपैयाबाट पुरस्कृत भए।

उनीहरुलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, नगद पुरस्कार प्रायोजक सरोज शाक्य, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष श्रीजंग गुरुङ, गोर्खाली रेडियोका स्टेशन म्यानेजर खिमा गुरुङ, स्टार्स स्टुडियोका सञ्चालक, गायिका जसु गुरुङले पुरस्कार वितरण गरे ।

प्रविधिलाई कला, सिर्जना र सँस्कृतिसँगै जोड्न र तमु जातिको महान चाड, नयाँबर्ष ल्होसार÷ल्होछारलाई उमंगित बनाउन सघाउ पुग्ने गरी कार्यक्रम आयोजना गरिएको स्टार्स स्टुडियोकी संचालक जसु गुरुङले बताइन्।
कार्यक्रममा मेनकाजी गुरुङ, श्रीजंग गुरुङ, खिमा गुरुङ, पत्रकार राजाराम पौडेल, सु.जसबहादुर गुरुङ, प्रतिमा गुरुङले बोलेका थिए।
कोभिड १९ कोरोना भाइरसको कहरको अवस्थामा स्टार्स स्टुडियोले वार्षिकोत्सवको अवसरमा प्रविधिमार्फत खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ भने एकल नृत्य प्रतियोगिता जारी छ।