
काठमाडौं, १२ माघ । हिमालयन बैंक र बतास अर्गनाईजेशन अन्तर्गत रहेको ईष्टर्न एजेन्सी प्रालिबीच फाइनान्स सम्झौता भएको छ । आयसर ब्राण्डका विभिन्न मोडलका बस, ट्रक र टिपरहरू खरिद गर्ने ग्राहकहरुलाई सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन दुई कम्पनीबीच सम्झौता भएको हो ।
सम्झौतामा बैंकका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्रविक्रम शाह तथा ईस्टर्नतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका हुन् । ईस्टर्नले आयसर ब्राण्डका विभिन्न सवारी साधनहरु विक्री गर्ने नेपालको आधिकारीक विक्रेता हो ।
आयसर ब्राण्डका सवारी साधन खरिद गरी स्वरोजगार बन्न चाहने ब्यक्तिहरुलाई लक्षित गरी यो सम्झौता भएको छ, भने ग्राहकले सर्व सुलभ ब्याजदरमा अधिकतम ५ वर्षसम्मका लागि मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी बैकका नेपाल अधिराज्य भरी रहेका शाखाहरुबाट यो सुविधा प्राप्त गर्ने बतास अर्गनाईजेशनका प्रबन्ध सन्चालक शान्तराज बतासले जानकारी दिए ।








काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
इलाम, ५ मङ्सिर। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ हुँदैछ । पर्यटन प्रवर्द्धन…
कञ्चनपुर, ५ मङ्सिर। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारीखेती गर्दै आउनुभएको छ…
भोजपुर, ५ मङ्सिर। भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत… 




