सुजुकीका न्यू इग्निस नयाँ मोडलका गाडी सार्वजनिक

-


     सफल आवाज    
     माघ २९ गते २०७७ मा प्रकाशित


काठमाडौं, २९ माघ । प्रिमियम सुजुकी गाडीहरुको बिक्रेता सिजी नेक्स्ट जेनले न्यू इग्निसका नयाँ सज्जासहितका गाडी बजारमा ल्याएको छ । न्यू इग्निसको लुक्स एकदम शानदार रहेको छ । अगाडीको स्वरुप एसयूभि डिजाईनको रहेको छ भने फराकिलो पनि छ ।

उच्च काेटीकाे सिटिङ अवस्था, ग्राउण्ड, क्लियरेन्सको राम्रो प्रभाव यसको रहेको छ । यसमा थपिएका एसयूभि विशेषताहरुमा स्पोइल र रुफ रेल रहेका छन् । भित्रको फराकिलो भाग हुनुले यात्रालाई आरामदायी बनाउने पूर्ण आशा गरिएको छ । यसमा १.२ लिटर बिएस६ कम्प्याक्ट पेट्रोल इञ्जिन रहेको ।