सुदिपले गरे समिक्षालाई मायाको इशारा

-


     सफल आवाज    
     फागुन १ गते २०७७ मा प्रकाशित


काठमाडाैं, १ फागुन । पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गित निकाल्दै आएका नेपाली सिनेमा जगतमा चर्चित चलचित्र सह-निर्देशक सुदिप कुँवरले “मायाले इशारा” बोलको नयाँ गीत हालै सार्वजनिक गरेका छन । आफ्नै शब्द संगीत रहेको गितमा स्वयम आफू अनि पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै रुचाएको समिक्षा अधिकारीको आवाजमा रहेको गीत दर्शक सामु लिएर उपस्थित भएका छन् ।

चलचित्र क्षेत्रमा सह-निर्देशक गर्दै आएको र अहिले पछिल्लो समयमा आफ्नो एकपछि अर्को उत्कृष्ट गितमा उनी आफैले निर्देशक गर्दै आएका छन भने उक्त गीतमा राम्जी लामिछानेले निर्देशन गरेका छन् । भिडियोमा ओवि रायमाझी अंजली अधिकारी स्वम सुदिप कुवर र समिक्षा अधिकारीले मुख्य भूमिकामा अभिनय गरेका छन । गृवानी बस्नेत, नोना कार्की र मिराज अर्याललाई पनि भिडियाेमा देख्न सकिन्छ ।

मानकृष्ण महर्जनले खिचेको भिडियोलाई दिर्घ खड्काले सम्पादन गरेका हुन । राजेन्द्र मोक्तानले रंग संयोजन गरेका छन । गीतको भिडियो कुवरको अफिसियल युटुब च्यानल SUDIP KUNWAR बाट सार्वजनिक गरिएकाे छ । गीतमा समाबेश शब्दहरुसंगै संगीत पनि एकदम मन छुने छ । यसभन्दा अगाडिको गित मायालु जहिले रिसाउने सहकार्य गर्दै आएको समिक्षा र सुदिपको गितले दर्शक श्रोताको मन जित्न सफल भएको थियो। याे गीतले पनि पहिले जस्तै दर्शक श्रोताको मन जित्ने पक्का छ।