प्रभु इन्स्योरेन्सले गर्यो १०.५३ प्रतिशत लाभांशको घोषणा

-


     सफल आवाज    
     फागुन २ गते २०७७ मा प्रकाशित


काठमाडौं, २ माघ । प्रभु इन्स्योरेन्सले १०.५३ लाभांश वितरण गर्ने प्रस्ताव घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ को वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १० करोड ५६ लाख २७ हजार ४८४ रुपैयाँ बरारको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हाे ।

प्रभु इन्स्योरेन्सको संचालक समितिको ३८७औं बैठकले बोनश शेयरमा लाग्ने कर बापत चुक्ता पूँजीको ०.५३ प्रतिशतले हुन आउने रकम ५५ लाख ५९ हजार ३४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव अरविन्द कुमार कर्णले जानकारी दिएका छन् ।

कम्पनीले बोनश १० प्रतिशत तथा नगद लाभांश ०.५३ प्रतिशतसहित १०.५३ प्रतिशत लाभांश तथा कम्पनीको आर्थिक वर्ष २०७६/२२०७७ वित्तीय विवरण स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ । सो लाभांश बीमा समितिको स्वीकृती तथा कम्पनीको आगामी २५औं वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने भएको छ ।