टीभीएस एनटर्क १२५ सुपर स्क्वाड सार्वजनिक

-



     सफल आवाज    
     फागुन ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ फागुन । टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक भएको छ । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टभिीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण सुरु गरेको छ । जुन आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर हो ।


सुपरस्क्वाड संस्करण क्रमश आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन् । यो संस्करणले उत्पादनको डिजाइन मार्फत प्रत्येक मार्भल सुपर हिरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउने कंपनीले जनाएकाे छ ।