बारामा खुल्यो महिन्द्रा गाडीको सर्भिस सेन्टर

-


     सफल आवाज    
     फागुन ५ गते २०७७ मा प्रकाशित


काठमाडौं, ५ फागुन । बालाजु अटोवर्क्र्सले बाराको जीतपुर सीमरा उपमहानगरपालिकामा आधिकारीक सर्भिस सेन्टर स्थापना गरेको छ । बालाजु अटोवर्क्र्स महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी हो ।

सर्भिस सेन्टरको प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल तथा बालाजु अटोवक्र्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले शुभारम्भ गरेका हुन । सर्भिस सेन्टरको स्थापनाले उक्त क्षेत्रका ग्राहकलाई गुणस्तरिय सेवा पुग्ने अपेक्षा गरिएको छ ।

बालाजु अटोवक्र्सका प्रबन्ध निर्देशक शर्माले सर्भिस सेन्टरबाट महिन्द्रा स्कार्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० लगायतका महिन्द्रा गाडीहरुको बिक्री तथा गाडीका पार्टपूर्जा उपलव्ध हुने बताएका छन् ।