
बोस्टन अमेरिका, ८ फागुन ।
अमेरिकी अन्तरिक्ष संस्था नासाको महत्वकाँक्षी अन्तरिक्ष यान मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । गत जुन महिनामा जमिनबाट प्रक्षेपण गरिएको यो यान सात महिना लामो यात्रापछि आज मंगल ग्रहको सतहमा सुरक्षित रुपमा अवतरण गरेको हो ।
पिर्जाभियरेन्स मार्स रोभर नाकको यो यानले मंगल ग्रहसम्म यात्रा गर्न ४७ करोड किलामिटर दुरी तय गरेको नासाले जनाएको छ । यो यानले मंगल ग्रहमा जीवको संकेत खोजी गर्ने ठानिएको छ । त्यसैले यो परियोजनालाई निकै महत्वकाँक्षी र यो अवतरणलाई अभुतपूर्व सफलताको रुपमा लिइएको छ ।
यो यानले मंगल ग्रहमा पुगेलगत्तै एक तस्वीर समेत पठाएको नासाको भनाई छ । नासाको तर्फबाट जारी गरिएको उक्त तस्वीर अहिले सर्वत्र भाइरल बनेको छ । तस्वीरमा देखिएको धमिलो दृश्य मंगल ग्रहको समथर र चट्टान क्षेत्र भएको नासाले उल्लेख गरेको छ ।

यो यान मंगल ग्रहमा अवतरण गरेपछि समग्र विश्वभरका वैज्ञानिक तथा यस विषयमा चासो राख्नेहरुमा खुशी छाएको छ । यो यान अवतरण भएलगत्तै लस एन्जलसस्थिति नासाको केन्द्रीय अवलोकन कक्षमा सहभागी वैज्ञानिकहरु खुशीले उफ्रिएका थिए ।
‘यो यान मंगल ग्रहमा अवरतरण गराउनु नै ठूलो चुनौती हो’ नासाले भनेको छ । सन् १९७० पछि मंगल ग्रहमा पठाइएको नासाको यो नै पहिलो महत्वकाँक्षी मिसन हो । यो यान मंगल ग्रहमा अवरतण भएको रेडियो संकेत आइपुग्न ११ मिनेट लागेको सिएनएनले जनाएको छ । यो यानको गति प्रतिघण्टा १२ हजार किलोमिटर थियो ।
मंगल ग्रहमा यो यान अवतरण गराउने अभियानका लागि नासाले २ खर्ब ७ अर्ब अमेरिकी डलर खर्च गरेको छ । यसको मुख्य उदेश्य मंगल ग्रहमा जीवनको अवशेष खोज्नु नै हो । मंगल ग्रहमा जीवन सम्भव छ भन्ने वैज्ञानिक आंकलन छ ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



