गरिमा विकास बैंककाे ‘सजिलो अटो लोन’ सार्वजनिक

-


     सफल आवाज    
     फागुन ८ गते २०७७ मा प्रकाशित


काठमाडौं, ८ फागुन । गाडीमा चढ्न चाहने सौखिन व्यक्तिहरुका लागि गरिमा विकास बैंक सजिलो भईदिएको छ । यसका लागि बैंकले एउटा सजिलाे स्किम सार्वजनिक गरेकाे छ ।

आक्रामक रणनीति बनाउँदै प्रस्तुत भएको बैंकले ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको हाे । कर्जा प्रवाहको रणनीतिलाई आक्रामक बनाएको बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ‘गरिमा अटो लोन’ सार्वजनिक गरेको हो ।

बैंकले अधिकतम १० वर्ष सम्मका लागि कर्जा प्रवाह गर्ने र खरिद मूल्यमा ८० प्रतिशत सम्मको सुविधा दिने बताएको छ । गाडी चढ्ने सौखिनहरुको लागि ‘गरिमा अटो लोन’ सजिलो पनि र एउटा भरपर्दो माध्यम भएको बैंकले जनाएको छ ।

देशका ३५ जिल्लामा फैलिएर १०६ वटा शाखाहरुबाट सेवा दिईरहेको गरिमा विकास बैंकले ५१ वटा एटिमबाट बैंकिङ सेवा दिदैं आएको छ ।