हूलास स्टीलको नयाँ कर्कटपाता ‘ गल्भाअलुम ‘ को उत्पादन तथा बिक्री सुरु

-


     सफल आवाज    
     फागुन १६ गते २०७७ मा प्रकाशित


काठमाडौं, १६ फागुन । मुलुकको प्रतिष्ठित ब्यवसायिक घराना दिवाकर गोल्छा कर्पोरेशन अन्तरगतको हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले नयाँ प्रकृतिको छाना छाउने कर्कटपाता गल्भाअलुम उत्पादन शुरुवात गरेको छ । उद्योगले बजारमा गल्भाअलुम, ड्युरा कलरको ब्राण्डमा बिक्रि वितरण गर्ने जनाएको छ ।

गल्भाअलुम कर्कटपाता उत्पादन गर्दा कोल्डरोल्ड सिटमा ५५% आल्मुनियम, ४३.५% जिंक र १.५% सिलिकन कोटिंग गरी उत्पादन गरिने भएको हुनाले साधारण ग्याल्भनाईज्ड कर्कटपाताको तुलनामा गल्भाअलुम कर्कटपातामा जंक प्रतिरोधि क्षमता ३ गुणा बढी हुने भएकोले गल्भाअलुम कर्कटपाताको टिकाउपन ३ गुणा बढी रहने कंपनीको दाबी छ ।

गल्भाअलुम रंगीन कर्कटपाता ड्युराकलरको ब्राण्डमा उपलब्ध हुनेछ । कंपनीले नेपालमा पहिलोपटक अष्ट्रेलियन प्रविधिको कोटिंग प्रयोगमा ल्याएको हो । हुलास गल्भाअलुम र हुलास ड्युराकलर कर्कटपाताहरु नेपाली बजारमा कम्पनी कै डिलरहरु, डिपो तथा शाखा कार्यालयहरुमा उपलब्ध हुनेछ ।

हुलास स्टील ईण्डष्ट्रिज लिमिटेड सन् १९८१ मा स्थापना भई नेपालमा पहिलो पटक जापानीज प्रविधिमा गुणस्तरिय कर्कटपाता उत्पादन प्रारम्भ गरेको थियाे । सन् १९८९ मा नेपालमा पहिलो पटक रंगीन कर्कटपाताको उत्पादन प्रारम्भ गरी ४ दशकदेखि नेपाली बजारमा बिक्रि वितरण गर्दै आईरहेको छ ।

नेपालमा हुलास गल्भाअलुम र हुलास ड्युराकलर रंगीन कर्कटपाताको उत्पादनले विगत ३ दशक अगाडीको उत्पादन र अहिलेको विश्व मापदण्ड अनुसारको उत्पादनमा हामीले गर्व गर्न लायक रहेको बताइएको छ ।

हुलास स्टील ले कालो पाईप, जि.आई.पाईप, ईलेक्ट्रीक पोल, सट्टर र डेकिंग प्रोफाईल्स समेत उत्पादन गरी नेपाली बजारमा बिक्रि वितरण गर्ने गरेको कंपनीले जनाएकाे छ ।

www.facebook.com/hulassteelindustry

www.hulassteel.com.np